शतप्रतिशतले घट्यो दाल निर्यात



काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा दाल निर्यात शत प्रतिशते घटेको छ ।

गत वर्षको तुलनामा चालु आवको साउन र भदौमा दाल निर्यात ९४.३२ प्रतिशतले घटेको व्यापार तथा निकासी प्रवर्धन केन्द्रको तथ्याङ्कले देखाएको छ ।

नेपालले चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा ४४ लाख ८७ हजार रुपैयाँको २६ हजार ५३५ केजी दाल निर्यात गरेको छ । गत वर्षको सोही अवधिमा नेपालले ७ करोड ८९ लाख ३४ हजार रुपैयाँको ५ लाख ५२ हजार केजी दाल निर्यात गरेको छ ।

नेपालले गत आर्थिक वर्षमा ५६ करोड ६३ लाख ४५ हजार रुपैयाँको ३७ लाख ५० हजार ७४२ केजी दाल निर्यात गरेको छ ।

नेपालले चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा अष्ट्रेलिया र सिंगापुरमा उच्च दाल निर्यात गरेको छ । केन्द्रको तथ्याङ्कअनुसार नेपालले अष्ट्रेलियामा २ लाख ९५ हजार रुपैयाँको १५ सय ३५ केजी र सिंगापुरमा ४१ लाख ९१ हजार रुपैयाँको २५ हजार केजी दाल निर्यात गरेको छ ।


क्लिकमान्डु