बीमा कम्पनीको कार्यालय संख्या ७.९३ प्रतिशत र कर्मचारी संख्या ७% ले बढ्यो



काठमाडौं । बीमा कम्पनीको शाखा कार्यालय र कम्पनीमा कार्यरत कर्मचारीको संख्या बढेको छ ।

जीवन तथा निर्जीवन बीमा कम्पनीहरूको कार्यालय संख्या ७.९३ प्रतिशतले बढेर ३ हजार ३६२ वटा पुगेको छ । गत आर्थिक वर्षको भदौसम्म बीमा कम्पनीका शाखा कार्यालयको संख्या ३ हजार ११५ थियो ।

चालु आवको सोही अवधिमा जीवन तथा निर्जीवन बीमा कम्पनीहरूका उक्त शाखा कार्यालयहरूमा कार्यरत कर्मचारीको संख्या ११ हजार ८८९ रहेको छ । गत आवको भदौसम्ममा कम्पनीहरूमा ११ हजार १०४ जना कर्मचारी कार्यरत रहेको समितिले जनाएको छ ।

चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा बीमाको दायरा (म्यादी, लघु म्यादी र बैदेशिक रोजगार जीवन बीमालेख सहित) करिब ४४.०५ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षको तुलनामा बीमाको पहुँच १५.८९ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको भदौ मसान्तसम्ममा बीमाको पहुँच २८.१६ प्रतिशत जनसंख्यामा पुगेको थियो ।

म्यादी, लघु म्यादी र बैदेशिक रोजगार जीवन बीमालेखसहित बीमाको पहुँच ४०.४६ प्रतिशत पुगेको बीमा समितिको तथ्यांक छ । गत आर्थिक वर्षको यस अवधिमा यस्तै पहुँच २६.१८ प्रतिशत मात्रै रहेको थियो ।


क्लिकमान्डु