आशीर्वाद दाल मिल्सले एक वर्षमा गर्यो करिब ८३ करोडको व्यापार



काठमाडौं । ‘जगत’ ब्रान्डमा विभिन्न प्रकारका दाल बेच्ने आशीर्वाद दाल मिल्सले प्रालिले एक वर्षमा नै करिब ८३ करोडको व्यापार गरेको छ । कम्पनीले सन् २०२१ मा ८२ करोड ८० लाख रुपैयाँको व्यापार गरेको हो ।

सन् २०१६ देखि विभिन्न देशबाट अप्रशोधित दाल आयात गरी प्रशोधन गर्दै बजारमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीसँग दुई वटा प्रशोधन युनिट छ । उक्त दुई उद्योगमध्ये मास मिलले दैनिक ३५ मेट्रिक टन मुङ दाल र मास दाल प्रशोधन गर्दै आएको छ । त्यस्तै, मसुर मिलले दैनिक ४० मेट्रिक टन चना दाल, मसुर दाल र रहर दाल प्रशोधन गर्ने क्षमता छ ।

कम्पनीले सन् २०२० मा ४० करोड ७० लाख रुपैयाँ र सन् २०१९ मा ४० करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ७४ करोड ७० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ११ करोड २० लाख रुपैयाँ अर्थात् ‘बी माइनस’ र अल्पकालीन कर्जाका लागि ६३ करोड ५० लाख रुपैयाँ अर्थात् ६३ करोड ५० लाख रुपैयाँको रेटिङ पाएको छ ।

कम्पनीले अष्ट्रेलिया, क्यानाडा, तान्जानिया र म्यानमारबाट कच्चा पदार्थ आयात गर्दै प्रशोधन गरी जगत ब्रान्डमा नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले विशेषगरी मसुर, मास, रहर, चना र मुङ दाल गरी ५ वटा दालको कारोबार गर्दै आएको छ ।

शिवजी प्रसाद साह कल्वार अध्यक्ष रहेको कम्पनी वीरगञ्ज पर्सा जिल्लामा रहेकाे छ । कम्पनीअनुसार सन् २०१८ देखि सन् २०२१ मा २३ प्रतिशतले आम्दानी बढेको जनाएको छ । त्यस्तै, कम्पनीले सन् २०२१ मा ८.३२ प्रतिशतले नाफा कमाएको छ ।


क्लिकमान्डु