पिपुल्स पावर र सयपत्री हाईड्रोको सेयर सूचीकृत, कुनको ओपनिङ रेञ्ज कति ?




काठमाडौं । पिपुल्स पावर कम्पनीको सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ ।

कम्पनीको ६३ लाख २६ हजार कित्ता सेयर सूचीकृत भएको हो । बिहीबार सेयर सूचीकृत भएसँगै अब आगामी आइतबारबाट सेयर कारोबारमा आउनेछ ।

कम्पनीको सेयरको ओपनिङ रेञ्ज न्यूनतम ९४ रुपैयाँ ९६ पैसा देखि २८४ रुपैयाँ ८८ पैसा रहेको छ । यो रकम भित्र पहिलो कारोबार हुनेछ । कारोबारको संकेत पीपीएल रहेको नेप्सेले जनाएको छ ।

यस्तै बिहीबार नै यसपत्री हाईड्रोपावर कम्पनीको साधारण सेयर पनि सूचीकृत भएको छ । कम्पनीको ३० लाख कित्ता सेयर सूचीकृत भएको हो ।

यसपत्रीको पनि आइतबार बाट नै सेयर कारोबारमा आउनेछ । कम्पनीको सेयरको ओपनिङ रेञ्ज न्यूनतम ६४ रुपैयाँ ९६ पैसोदेखि अधिकतम १९४ रुपैयाँ ८८ पैसा रहेको छ । पहिलो कारोबार यो सिमाभित्र हुनेछ । कम्पनीको कारोबारको संकेत एसपीएचएल रहेको छ ।


क्लिकमान्डु