बाराही हाइड्रोपावरले स्थानीयका लागि आईपीओ निष्कासन गर्ने, कहाँबाट दिने आवेदन ?



काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले आयोजना प्रभावित स्थानीयका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले कात्तिक ४ गतेदेखि स्थानीयलाई प्रतिकित्ता १ सय रुपैयाँका दरले २ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले बाग्लुङ्ग जिल्लाको जैमिनी नगरपालिका–१, ४ र ५ साविकको कुस्मीसेरा, सर्कुवा र विनामारे गाविसका तथा जैमिनी नगरपालीकाका स्थानीयलाई आईपीओ निष्कासन गर्न लागेको हो ।

आयोजना प्रभावितले न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आईपीओमा कात्तिक १८ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग अुनसार आवेदन नपरेमा मंसिर ४ गतेसम्म आवेदन दिन सकिने छ ।

त्यस अवधिमा पनि माग अनुसार आवेदन नपरेमा कम्पनीले बाँकी रहेको सेयर सर्वसाधारणलाई निष्कासन गर्दा थपेर निष्कासन गर्ने छ । यसको बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल रहेको छ ।

आईपीओका आवेदन दिँदा बिक्री प्रबन्धकका साथै एनएमबि र ग्लोबल आइएमई बैंकको कुस्मीसेरा शाखा, कुमारी बैंकको राहाले शाखा र गरिमा विकास बैंकको ट्राफिक चोक शाखामा आवेदन दिन सक्नेछन् । यस्तै नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा सदस्य लिएका बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिने छ ।


क्लिकमान्डु