नेपालकाे आर्थिक वृद्धिदर ४.२ प्रतिशत हुने आइएमएफको प्रक्षेपण



काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले चालु आव वर्ष (२०२२)मा नेपालमा मूल्यवृद्धि ८.१ प्रतिशतसम्म हुने प्रक्षेपण गरेको छ ।

आइएमएफले प्रकाशन गरेको प्रतिवेदनअनुसार सन् २०२२ मा नेपालमा मूल्यवृद्धि ८.१ प्रतिशतसम्म बढ्ने छ । सन् २०२२ को तुलनामा २०२३ मा मूल्यवृद्धि केही प्रतिशत कम हुने देखिएको छ । सन् २०२३ मा मूल्यवृद्धि ७.२ प्रतिशत हुने आइएमएफको प्रक्षेपण छ ।

त्यस्तै, नेपालको आर्थिक वृद्धि भने विगतको भन्दा आगामी वर्षमा केही बढ्न सक्ने देखिएको छ । आइएमएफको प्रक्षेपणअनुसार सन् २०२२ मा नेपालको आर्थिक वृद्धि २०२१ कै जस्तो हुने देखिएको छ । तर, सन् २०२३ मा भने नेपालको आर्थिक वृद्धि केही मात्रामा बढ्ने देखिएको छ ।

सन् २०२१ मा नेपालको आर्थिक वृद्धि ४.२ प्रतिशत रहेकाे थियो । आइएमएफले सन् २०२२ मा पनि नेपालको आर्थिक वृद्धि ४.२ प्रतिशत हुने प्रक्षेपण गरेको छ । त्यस्तै, सन् २०२३ मा भने नेपालको आर्थिक वृद्धि ५.० प्रतिशत रहने देखिएको छ ।

सन् २०२७ सम्ममा भने नेपालको आर्थिक वृद्धि दर थप सुधार हुने देखिएको छ । जसअनुसार सन् २०२७ मा नेपालको आर्थिक वृद्धि ५.३ प्रतिशत हुने आइएमएफको प्रक्षेपण रहेको छ ।


क्लिकमान्डु