आइएमई लाइफ इन्स्योरेन्सका सीईओ फुयाँलको तलब ६६ लाख, सञ्चालक समितिको भत्ता कति ?



काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कवि फुयाँलले बार्षिक ६६ लाख १४ हजार १३९ रुपैयाँ तलब भत्ता लिने गरेका छन् ।

कम्पनीका अनुसार सीईओ फुयाँलले तलब, भत्ता लगायत सबै खर्च बापत उक्त रकम लिएका हुन् । सीईओको तलब बार्षिक ६६ लाख १४ हजार १३९ रुपैयाँ रहँदा सञ्चालक समिति तथा अन्य समिति/उप–समिति तर्फको बार्षिक खर्च २४ लाख २ हजार २०९ रुपैयाँ रहेको छ ।

जसमा सञ्चालक समितिको बैठक भत्ता ७ लाख २ हजार रुपैयाँ, अन्य समिति र उप समितिको बैठक भत्ता ३ लाख २८ हजार र अन्य (इन्धन, सञ्चार र पत्रपत्रिका बापत भुक्तानी) १३ लाख ७२ हजार २०९ रुपैयाँ रहेको छ ।


क्लिकमान्डु