हिमालयन एभरेष्ट इन्स्योरेन्सले माग्यो प्रधान तथा प्रादेशिक कार्यालयका लागि कर्मचारी



काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । इन्स्योरेन्सले विज्ञापन जारी गर्दै प्रधान कार्यालय तथा प्रादेशिक कार्यालयका लागि कर्मचारी माग गरेको हो ।

कम्पनीले प्रधान कार्यालयका लागि चिफ टेक्नोलोजि अफिसर र चिफ फाइनान्स अफिर माग गरेको छ । यस पदका लागि कम्पनीले एक÷एक जना कर्मचारी माग गरेको हो ।

यस्तै, कम्पनीले सबै प्रदेश कार्यालयका लागि सिनियर अफिसर, एसिस्टेन्ट म्यानेजर, डेपुटि म्यानेजर, म्यानेजर र सिनियर म्यानेजर माग गरेको छ । योग्यता पुगेका इच्छुक व्यक्तिले कात्तिक ४ गतेभित्र आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

हिमालयन एभरेष्ट इन्स्योरेन्स हिमालयन जनरल इन्योरेन्स र एभरेष्ट इन्स्योरेन्स कम्पनी एक आपसमा गाभिएर बनेको संस्था हो । बीमा समितिले पुँजी वृद्धि गर्न निर्देशन दिएपछि हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सले मर्जरमा जाने निर्णय गरेका थिए ।

वैशाख २२ गते यी २ कम्पनीले मर्जरमा जाने सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । बीमा समितिबाट यी कम्पनीले असार ८ गते मर्जरमा जाने अन्तिम स्वीकृति पाएका थिए । अन्तिम स्वीकृति पाएपछि यी कम्पनीहरूले हिमालयन एभरेष्ट इन्स्योरेन्सको नामबाट साउन १ गतेदेखि एकीकृत कारोबार गर्दै आएका छन् ।


क्लिकमान्डु