राजस्व छल्ने ४ जना विरुद्ध विभागले गर्यो मुद्दा दायर

413
Shares

काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गर्ने चार जनालाई १८ लाख ४६ हजार ७३४ रुपैयाँ मागदाबी गर्दै मुद्दा दायर गरेको छ ।

विभागले लुखु गाउँपालिका-३, बाघे, नुवाकोट हालद महालक्ष्मी नगरपालिका-२३ धापाखेल, ललितपुर बस्ने रामशरण बोगटी, मिर्चैया नगरपालिका-२, मल्हनिया खोरी, सिरहा बस्ने अमितकुमार साह, पञ्चदेवल विनायक नगरपालिका-१, सीमटोल, अछामका हाल महालक्ष्मी नगरपालिका-४ ईमाडोल, ललितपुर बस्ने नमराज तिमिल्सैना र पञ्चदेवल विनायक नगरपालिका(१, सीमटोल, अछामका तिर्थ राज ढकाल विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको जनाएको छ ।

प्रतिवादीहरूले भारतमा उत्पादित बिल बिजक तथा भन्सार प्रज्ञापनपत्र लगायतका कागजात नभएका २४ कार्टुन (३११.०४ केजी) रजनीगन्धा, दर्ता भए भन्दा फरक नम्बरको प्लेटको ढुवानी साधन (ट्रक) को प्रयोग गरी त्यसमा नेपाली सेनाको लोगो सहितको व्यानर प्रयोग गरेर सामान ढुवानी गरेको विभागले जनाएको छ ।

उक्त सामान काठमाडौं लगायतका क्षेत्रमा वेचविखन गर्ने र सोबाट प्राप्त आयमा प्रचलित कानून वमोजिम नेपाल सरकारलाई तिर्नुरबुझाउनुपर्ने राजस्व नबुझाई राजस्व चुहावट गरेको विभागले जनाएको छ ।