आइएमई अटोमोटिभ्सले एकै वर्ष गर्यो साढे ६२ करोडको व्यापार



काठमाडौं । आइएमई समूहको आइएमई अटोमोटिभ्स प्रालिले एकै वर्षमा साढे ६२ अर्बको व्यापार गरेको छ ।

इस्कोर्ट्स ब्राण्डको निर्माण सम्बन्धी उपकरणको नेपालका लागि आधिकारिक विक्रेता आइएमई अटोमोटिभ्स कम्पनीले सन् २०२२ मा ६२ करोड ६० लाख रुपैयाँ (अपरिष्कृत) को व्यापार गरेको हो ।

कम्पनीले सन् २०२१ मा ५३ करोड ५० लाख रुपैयाँ र सन् २०२० मा ३४ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो । साथै, सन् २०१९ मा ७४ करोड ६० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले जनाएको छ । कम्पनीअनुसार कोरोना महामारीका कारण खस्किएको व्यापार कोरोनापछि पुनः लयमा फर्किँदै गएको छ ।

कम्पनीले निर्माण सम्बन्धी उपकरण बिक्री वितरण गर्दै आएको छ । कम्पनीले सन् २०१४ बाट इस्कोर्ट्स ब्राण्डको निर्माण सम्बन्धी उपकरण बिक्री वितरण गर्दै आएको छ । यससँगै कम्पनी हार्ले डेभिडसन, यूएम ब्रान्डको दुई पाङ्ग्रे सवारी साधन र एसएएमई ट्रायक्टर बिक्री वितरणमा पनि संलग्न रहेको छ ।

यसमा उशा इन्भेष्टमेन्ट प्रालिको सबैभन्दा बढी अर्थात् ४३.३ प्रतिशत हिस्सा रहेको छ । दोस्रोमा आइएमएई समूहको ३२.५ प्रतिशत, चन्द्र ढकालको १५.८ प्रतिशत र बाँकी सेयर सन्दिप अग्रवालको रहेको छ ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ७६ करोड ८० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १ करोड ८० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ७५ करोड रुपैयाँको रेटिङ गराएको छ ।


क्लिकमान्डु