ह्वाट्सएपले प्रिमियम सब्सक्रिप्सन प्लान ल्याउने



एजेन्सी । ह्वाट्सएपले आफ्नो ‘प्रिमियम सब्सक्रिप्सन प्लान’ सार्वजनिक गर्ने तयारी गरेको छ ।

हालसम्म बिना पैसा फोन तथा म्यासेजका लागि प्रयोग गर्न मिल्ने सामाजिक सञ्जाल ह्वाट्सएपले अब प्रिमियम प्लानमार्फत विशेष सुविधा लिन चाहने प्रयोगकर्ताहरुमार्फत निश्चित रकम लिने योजनासहित यो प्लान ल्याउने तयारी गरेको हो ।

ह्वाट्सएपको मुल कम्पनी मेटाकाअनुसार प्रिमियम प्लान लिने प्रयोगकर्ताहरुले चार वटाभन्दा धेरै उपकरणहरुमा एक साथ ह्वाट्सएप प्रयोग गर्न पाउनेछन् । सँगै प्रयोगकर्ताहरुले आफ्नो वेबसाइटलाई ह्वाट्स एपमा पनि लिंक गर्न सक्नेछन् ।

ह्वाट्सएपकाअनुसार हाल यो प्लान एन्ड्रोइड र आइओएस दुवै प्रयोगकर्ताहरुका लागि उपलब्ध छ । हाल बिजनेस युजर्सहरुले यो प्लानको प्रयोग गर्न पाउनेछन् भने साधारण प्रयोगकर्ताहरुका लागि यो प्लान उपलब्ध हुन अझैं केही समय लाग्नेछ ।

प्रिमियम प्लान लिएसँगै ह्वाट्एपमार्फत आफ्नो व्यवसाय गरिरहेका प्रयोगकर्ताहरुले यसमा आफ्नो वेबसाइटलाई लिंक गर्न पाउनेछन् । जसबाट त्यो वेबसाइटले अन्य प्रयोगकर्ताहरुलाई व्यवसाय गरिरहेका प्रयोगकर्ताहरुसँग सजिल्यै जोड्ने कम्पनीको दाबी छ ।

त्यस्तै, प्रिमियम प्लान लिएपछि ह्वाट्स एपलाई एकसाथ चारभन्दा धेरै उपकरणहरुमा प्रयोग गर्न सकिनेछ । हालसम्म चार वटा उपकरणमा प्रयोग गर्न मिल्ने ह्वाट्स एप अब १० वटा उपकरणहरुमा एकसाथ प्रयोग गर्न मिल्नेछ । सँगै ह्वाट्स एपको प्रिमियम प्लानमार्फत भिडियो कलमा पनि ३२ भन्दा धेरै मानिसहरु एकसाथ जोडिन सक्नेछन् ।

कम्पनीले प्रिमियम प्लान ल्याउने घोषणा गरेतापनि यो कहिलेबाट उपलब्ध हुन्छ र यसको कति मूल्य पर्छ भन्ने हालसम्म खुलाइएको छैन् । सुरुवातमा बिजनेस युजर्सका लागि उपलब्ध हुने यो प्लान साधारण प्रयोगकर्ताहरुका लागि भने केही समयपछि मात्रै उपलब्ध हुने बताइएको छ ।


क्लिकमान्डु