अब शनिबार विद्युत महसुल संकलन काउन्टर बन्द हुने



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आगामी कात्तिक १ गतेदेखि शनिबार सञ्चालन हुँदै आएको विद्युत महसुल संकलन काउन्टर बन्द गर्ने भएको छ । प्राधिकरणले सूचना जारी गर्दै शनिबार विद्युत महसुल संकलन बन्द गर्ने जनाएको हो ।

‘प्राधिकरणले अनलाइन पेमेन्टको सुविधा नभएको अवस्थामा केही केन्द्रहरुमा विद्युत उपभोक्ताहरुले महशुल बुझाउने क्रममा हुने भीडलाई ध्यानमा राख्दै अतिरिक्त सहुलियतका रुपमा शनिबार सञ्चालन गरिँदै आएको विद्युत महसुल संकलन काउन्टर हाल खोलिराख्न आवश्यक नदेखिएकाले कात्तिक १ गतेदेखि लागू हुने गरी शनिबार सञ्चालन महसुल संकलन काउन्टर बन्द गर्ने निर्णय भएको छ,’ जारी सूचनामा उल्लेख छ ।

त्यस्तै, प्राधिकरणका विद्युत उपभोक्ताहरुले विद्युत सेवा उपभोग गरेबापत भुक्तानी गर्नुपर्ने महसुल प्राधिकरणका नियमित काउन्टरका अतिरिक्त हाल विभिन्न सेवा प्रदायक कम्पनीहरुमार्फत् पनि हरेक दिन बिहान १० बजेदेखि १२ बजेसम्म अनलाइन पेमेन्ट माध्यमबाट भुक्तानी गर्न सकिने व्यवस्था गरेको जनाएको छ ।


क्लिकमान्डु