राधी विद्युतको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन, कसले दिन पाउँछ आवेदन ?



काठमाडौं । राधी विद्युत कम्पनीको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन हो । लगानीकर्ताले आज कार्यालय समय भित्र मात्रै आवेदन दिन सक्नेछन् ।

कम्पनीले असोज ५ गतेदेखि १ः१.४७ अनुपातमा हकप्रद सेयर निष्कासन गरेको छ । उक्त हकप्रदमा प्रतिकित्ता १०० रुपैयाँ दरले आवेदन दिन सकिने छ । कम्पनीले ९५ लाख ३५ हजार ७६०.९९ कित्ता हकप्रद सेयर निष्कासन गरेको छ ।

हकप्रदमा भदौ १० गतेसम्म कायम रहेका लगानीकर्ताले आवेदन दिन पाउनेछन् । कम्पनीले भदौ १० गते नै बुक क्लोज गरिसकेको छ । यसको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

लगानीकर्ताले हकप्रदमा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका साथै अपि पावर कम्पनी, मुक्तिनाथ विकास बैंकको पोखरा, इटहरी, नारायणगढ, सुर्खेत, नागढुंगा, नेपालगंज, धनगढी, जनकपुर र लमजुङको बेसीशहर शाखाबाट आवेदन दिन सकिनेछ । यस्तै मेरो सेयर मार्फत पनि आवेदन दिन सकिने कम्पनीले छ ।


क्लिकमान्डु