स्मार्टवाच किन्न मन छ, यी हुन् नेपालमा पाइने उत्कृष्ट स्मार्टवाच



काठमाडौं । नेपालमा पछिल्लो समय स्मार्टवाचको प्रयोग बढिरहेको छ । युवापुस्तादेखि वयस्कहरुसम्ममा स्मार्टवाचले एनलग र मेकानिकल घडीहरुलाई प्रतिस्थापन गर्दै गएका छन् । बजारमा सामान्य मूल्यदेखि महंगो मूल्यसम्मका स्मार्टवाचहरु उपलब्ध छन् ।

नेपालमा पछिल्ले समय बढ्दै गएको स्मार्टवाचको प्रयोगकै उपज हो नेपालमा बढिरहेको यसको आयात । चालु आर्थिक वर्षको दुई महिनामा मात्रै नेपालमा साढे ७ करोड रुपैयाँको स्मार्टवाच आयात भएको छ । भन्सार विभागकाअनुसार साउन र भदौ महिनामा नेपालले ७ करोड ३९ लाख ३ हजार रुपैयाँको ५३ हजार ३ सय ४९ वटा स्मार्टवाच आयात भएको छ ।

न्यूनदेखि महंगो मूल्यसम्म बजारमा स्मार्टवाचहरु उपलब्ध छन् । यहाँ नेपाली बजारमा उपलब्ध रहेका ६ उत्कृष्ट स्मार्टवाचहरुको बारेमा उल्लेख गरिएको छ ।

रेडमी वाच २ लाइट

सस्तो मूल्यमा पाइने उत्कृष्ट स्मार्टवाच हो, रेडमी वाच २ लाइट । ८ हजार ९९९ रुपैयाँ बजार मूल्य रहेको यो घडी बजेट सेक्सनमा पाउने उत्कृष्ट स्मार्टवाच हो । मोबाइल फोनजस्तै रेडमीले स्मार्टवाचमा पनि उत्कृष्टता दिने भएकाले यसको बजारमा उपभोग पनि धेरै हुने गरेको छ ।

न्युन मूल्यमा पाइने स्मार्टवाचमा हुने सबै जसो फिचरहरु यो घडीमा छन् । स्वास्थ्यमाथि निगरानी गर्नेदेखि मोबाइल फोनसँग कनेक्ट भएर कल तथा म्यासेज सिन्क गर्ने काम यसमा सहज रुपमा हुन्छ । ३५ ग्राम तौल रहेको यो घडीमा १.५५ इञ्जको टिएफटि एलसिडी डिस्प्ले रहेको छ ।

यो घडीले ब्लुतुथ ५.० र जिपिएस कनेक्टिभिटी सपोर्ट गर्ने गर्छ । एक पटक चार्ज गरेपछि १० दिनसम्म पुग्ने २६२ एमएएचको ब्याट्री घडीमा रहेको कम्पनीको दाबी छ ।

अमेजफिट टि रेक्स प्रो

स्मार्टवाचको बजारमा बर्चश्व बनाइरहेको अमेजफिट कम्पनीको ‘टि रेक्स प्रो’ १० हजारदेखि २० हजारको मूल्यमा पाउने उत्कृष्ट घडी हो । १८ हजारदेखि १९ हजार मूल्य तोकिएको टि रेक्स प्रो १.३ इञ्ज को एचडि एमोलेड डिस्प्लेसहित बलियो गुणस्तरमा उपलब्ध छ ।

मेटियोराइट ब्ल्याक रंगमा उपलब्ध यो घडीले बाहिर हिँडदा ट्रेकिङ गर्नेदेखि १५ औं चरणसम्मको असहज वातावरणहरु (मिलिट्री ग्रेड स्ट्रेस टेस्ट) मा पनि सुरक्षित रहनसक्ने दाबी कम्पनीको छ ।

घडीमा सयभन्दा धेरै स्पोट्र्स मोडहरु छन् । त्यस्तै, घडीले प्रयोगकर्ताको रगममा भएको अक्सिजनको मात्रा, निन्द्रा र तनावको अवस्थाजस्ता स्वास्थ्यका कुराहरुलाई पनि निरगानीमा राख्छ । यो बाहेक रक्तचाप निगरानी गर्ने, घडकनको मापदन गर्नेजस्ता सुविधा पनि यसमा छन् ।

घडीबाट म्यासेज, कल, अलार्म र अन्य नोटिफिकेसनहरुलाई व्यवस्थपन गर्न सकिन्छ भने फोनमा बजिरहेको गीतलाई पनि फेर्न सकिने सुविधा छ ।

अमेजफिटका अन्य घडीहरु पनि निकै राम्रो गुणस्तरमा पर्छन् । अमेजफिट जिटिएक्स टुइ, जिटिआर टु, जिटिएसलगायत अन्य मोडलका घडीहरु पनि उत्कृष्टमा पर्छन् । यीनिहरुको मूल्य मोडलअनुसार फरक फरक छ ।

वानप्लस स्मार्टवाच

नेपाली बजारमा २० देखि ३० हजार मूल्यमा पाउने राम्रो घडी हो, वान प्लसको स्मार्ट वाच । वानप्लस स्मार्टवाचको मूल्य अनलाइन वा अफलाइन बजारमा २३ हजार देखि २५ हजारसम्म रहेको छ । वान प्लसको यो स्मार्टवाच क्लासिक इडिसन, मिडनाइट ब्ल्याकजस्ता भेरियन्टमा उपलब्ध छन् ।

१.३९ इञ्चको एमोलेड डिस्प्ले रहेको यो घडीमा एसिलिरेसन, जिओम्याग्नेटिक, अप्टिकल हार्ट रेट, ब्लड अक्सिजन, एम्बियन्ट लाइट, एयर प्रेसरजस्तम सेन्सरहरु छन् । घडीमा जिपिएस, ग्लोनासजस्ता दिशानिर्देश गर्ने सेन्सरहर पनि छन् । घडीमा ४ जिबिको इन्टरनल स्टोरेज छ । ब्लुतुथ ५.० सपोर्ट गर्ने यो घडी एन्ड्रोइन ६.० वा त्यो भन्दा माथिको फोनहरुसँगग मिल्छ । सँगै घडीमार्फत फोन कल गर्ने, सहायता लिने र वान प्लसको टेलिभिजनलाई सञ्चालन गर्न सकिने सुविधा पनि छन् ।

४०२ एमएएचको ब्याट्री रहेको यो घडी १४ दिनसम्म चल्न सक्छ ।

हुवाएवाच जिटि थ्रि र जिटि टु प्रो

३० हजारदेखि ४० हजारको मूल्यमा पाउने उत्कृष्ट स्मार्ट वाचमा हुन हुवाएको ‘जिटि थ्रि’ र ‘जिटि टु प्रो’ ।

३६ हजारदेखि ३७ हजारको बजार मूल्य रहेको हुवाएवाच ‘जिटि ३’ १४ दिनको ब्याट्री ब्याकअपसहित आउँछ । हर्ट रेट र ब्लड अक्सिजन निगरानी गर्नेजस्ता स्वास्थ्यकेन्द्रित सेवाहरु यसमा छन् । १.४३ इञ्जको अमोलेड कलर स्क्रिन रहेको यो घडी झट्ट हेर्दा एनलगदेखिने किसिमको आकर्षक स्मार्टवाच हो । गडिमा जिपिएस, ब्लुतुथ, माइक्रोफोनजस्ता सुविधाहरु पनि छन् । घडी वाटरप्रुफ रहेको छ ।

त्यस्तै, ‘जिटि टु प्रो’ ३४ हजारदेखि ३५ हजार मूल्यमा पाइने हुवाएकै घडी हो । यसमा १.३९ इञ्जको एमोलेड डिस्प्ले रहेको छ । घडीमा ४५५ एमएएचको ब्याट्री ब्याकअप रहेको छ । त्यस्तै, माइक्रोफोन, वाइफाइजस्ता विशेषताहरुलाई पनि यसले सर्पोट गर्छ ।

एप्पलवाच सिरिज ७

विश्वव्यापी रुपमा चर्चित कम्पनी एप्पलको स्मार्टवाच सिरिज ७ पनि नेपाली बजारमा उपलब्ध भएको उत्कृष्ट घडी हो । विभिन्न मोडलअनुसार यसको मूल्य पनि फरक फरक छ । ७० हजारदेखि ८५ हजारसम्ममा यषे घडी उपलब्ध छ ।

एप्पलको गडिमा फोनसँग जोडिएर स्वास्थ्यको निगरानी गर्ने सबै सुविधाहरु उपलब्ध छ । घडीमा सधैं खन रहने रेटिना डिस्प्ले रहेको छ । जिपिएर र सेलुलर मोर्ड, वायरलेस चिप, ब्लड अक्सिजन सेन्सर, हर्ट सेन्सरजस्ता सुविधाहरु यो घडीमा छन् । घडीले आपत्तकालिन अवस्थामा एसओएस म्यासेज पनि पठाउन सक्छ । ५.० ब्लुतुथ रहेको घडीले वाइफाइको सविधासागै कम्पासजस्ता सुविधाहरु पनि दिन्छ । घडीमा ३२ जिबिको इन्टरनल स्टोरेज रहेको छ ।

स्यामसङको ग्यालेक्सी वाच फाइभ प्रो

नेपाली बजारमा उपलब्ध महंगामध्येको अर्को घडी हो स्यामसङ ब्राण्डको ग्यालेक्सी स्मार्टवाच । फाइभ प्रो मोडलको यो घडीको मूलय ६४ हजारदेखि ६५ हजारसम्म पर्छ ।

१.४ इञ्जको डिस्प्ले रहेको यो घडीमा १.५ जिबिको र्याम र १६ जिबिको इन्टरनल स्टोरेज छ । फोनमा ब्लुतुथ ५.२, वाइफाइजस्ता कनेक्सनका विशेषताहरु छन् । ५९० एमएएचको ब्याट्री रहेको घडीमा वायरलेस चार्जिङको अप्सन पनि छ ।

यो घडीमा स्यामसङ बायोएक्टिभ सेन्सर, हर्ट सेन्टर, तापक्रम सेन्सरजस्ता विशेषताहरु छन् ।


क्लिकमान्डु