एशियन लाइफको साधारणसभा आज, १५.२६% लाभांश पारित हुँदै



काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको १४औं वार्षिक साधारणसभा आज बस्दैछ ।

इन्स्योरेन्सको भदौं २२ गते बसेको सञ्चालक समितिको बैठकले सभाको मिति चयन गरेको थियो । सभा होटल क्लासिक सिमरा, बारामा बिहान ११ः३० बजेदेखि शुरू हुनेछ ।

सभाले १५.२६ प्रतिशतले हुन आउने ३८ करोड ७६ लाख ५९ हजार २६ रूपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

इन्स्योरेन्सले आर्थिक वर्ष २०७७÷०७८ मा हाल कायम रहेको २ अर्ब ५३ करोड ९८ लाख ३५ हजार रूपैयाँको १४.५० प्रतिशतले हुन आउने ३६ करोड ८२ लाख ७६ हजार ७५ रूपैयाँ बोनस सेयर दिने प्रस्ताव गरेको थियो ।

यस्तै, इन्स्योरेन्सले नगद लाभांश (कर प्रयोजनको लागि) चुक्ता पुँजीको ०.७६ प्रतिशतले हुन आउने १ करोड ९३ लाख ८२ हजार ९.५१ रूपैयाँ वितरण गर्ने प्रस्ताव गरेको थियो ।

सभाले कम्पनीको हाल कायम पुँजी संरचना संस्थापक र सर्वसाधारण सेयरको ६०ः४० अनुपातलाई बीमा समितिको स्वीकृतपश्चात परिवर्तन गरी ५१ः४९ प्रतिशत कायम गरी संस्थापक सेयरलाई सर्वसाधारण सेयरमा परिणत गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

लेखापरीक्षको प्रतिवेदन सहित आर्थिक वर्ष २०७७÷७८ असार मसान्तसम्मको वासलात÷नोक्सान, हिसाव, सोही अवधिको नगद प्रवाह र सो सम्बन्धी संलग्न अनुसूचिहरू माथि छलफल तथा पारित गर्ने सामान्य प्रस्ताव समेत सभाले पारित गर्ने छ ।

सभाले आर्थिक वर्ष २०७८÷७९ को लागि लेखापरीक्षको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्ने छ ।

साधारणसभा प्रयोजनको लागि इन्स्योरेन्सले असोज ४ गते १ दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको थियो । यसअनुसार असोज ३ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् ।


क्लिकमान्डु