भुजुङ हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने



काठमाडौं । भुजुङ हाइड्रोपावर कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले प्रति कित्ता १०० रूपैयाँका दरले ५ लाख ८५ हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो । त्यसका लागि कुमारी क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

उक्त सम्झौता-पत्रमा भुजुङ हाइड्रोपावरका तर्फबाट कार्यकारी सञ्चालक खेम राज जोशी तथा कुमारी क्यापिटलका तर्फबाट का. मु. प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।

हाल भुजुङ हाइड्रोपावरको अधिकृत पुँजी ५० करोड रूपैयाँ, जारी पुँजी ४३ करोड रूपैयाँ, र चुक्ता पुँजी ३२.७२५ करोड रूपैयाँ रहेको छ ।

सन् २०१५ मा स्थापित भुजुङ हाइड्रोपावरले ७.५ मेगावा क्षमताको रन अफ रिभर प्रकारको अपर मिडिम हाइड्रोपावर प्रोजेक्ट निर्माण गरिरहेको छ ।

आयोजनाको कुल लागत ३९ करोड रुपैयाँ रहेको छ । आयोजना लामजुङ जिल्लाको क्व्होलासोथार गाउँपालिकामा रहेको छ ।


क्लिकमान्डु