माग कम हुँदा आईफोनको उत्पादन बढाउने योजनाबाट पछि हट्दै एप्पल



काठमाडौं । आईफोनको उत्पादन गर्ने अन्तराष्ट्रिय कम्पनी एप्पल इन्कले माग नबढेका कारण उत्पादन बढाउने योजनालाई तत्काल रद्द गरेको छ ।

यो वर्ष आईफोनको माग सोचेअनुसारको नभएका कारण उत्पादन बढाउने भन्दै बनाएको योजनलाई तत्काल रद्द गरेको छ ।

मंगलबार ब्लुमबर्गले प्रकाशित गरेको रिपोर्टकाअनुसार कम्पनीले आइफोन १४ को उत्पादनलाई बढाउने योजना बनाएको थियो।

१४ औं जेनेरेसनको हरेक आईफोनका उत्पादनहरु यो वर्षको मध्यमसम्म थप ६० लाखभन्दा धेरै गर्ने योजना रहेको थियो ।

जसअनुसार चार किसिमका आईफोनहरुको हाल भइरहेको उत्पादनमा थप ६०/६० लाख बढाउने योजना बनाइएको थियो । तर, बजारमा आईफोनको माग नदेखिएकाले यो योजनाबाट कम्पनी पछि हटेको हो ।

कम्पनीले यो अवधिमा विगतमा जस्तै ९० लाखवटा फोनहरुको उत्पादन गर्ने योजना बनाएको छ । बजारमा एप्पलको आइफोन १४ भन्दा आइफोन १४ प्रो मोडलहरुप्रति माग धेरै छ । जसकारण प्रिमियम सामानप्रति आम मानिसको माग भएकाले समग्र उत्पादन बढाउने योजनाबाट एप्पल पछि हटेको छ ।

एप्पलले यसै साता मात्रै भारतमा पनि आफ्नो उत्पादनको कारखाना खोल्ने बताएको थियो । चीनबाट प्रतिस्थापन हुँदै एप्पलले भारतमा पनि आफ्नो उत्पादन कारखाना बनाउने बताएको थियो ।


क्लिकमान्डु