टाटाले कमर्सियल ईभी उत्पादन गर्ने, प्रत्येक वर्ष २० अर्ब भारतीय रुपैयाँ लगानी बढाउने



एजेन्सी । सवारी साधन उत्पादक भारतकै ठूलो कम्पनी टाटा मोटर्सले कमर्सियल भेइकल उत्पादनमा लगानी बढाउने भएको छ । कम्पनीले कमर्सियल सवारी साधन उत्पादनका लागि वार्षिक करिब २० अर्ब भारतीय रुपैयाँ लगानी बढाउने भएको हो ।

कम्पनीका कार्यकारी निर्देशक गिरीश वाघले विभिन्न ‘पावरट्रेन’ मा आधारित नयाँ मोडललाई उत्पादनलाई निरन्तरता दिइरहने जानकारी दिए ।

टाटा मोटर्सले सोमबार योद्धा २.०, इन्ट्रा वी २०, बायो-इन्धन र इन्ट्रा वी ५० मोडल सार्वजनिक गरेको छ । कम्पनी सीएनजी र अन्य वैकल्पिक इन्धन विकल्पबाट चल्ने साधानमा विशेष ध्यान दिइरहेको छ र उ इलेक्ट्रिक साधन खण्डमा अग्रणी अवस्थामा छ ।

‘जहाँसम्म कम्पनीको साधन व्यवसायको कुरा छ , हामी हरेक वर्ष लगभग २० अर्ब भारतीय रुपैयाँ लगानी गर्दै छौं । जसमा पेट्रोल, डिजेल इन्जिन, वैकल्पिक ईन्धका साथ इलेक्ट्रिक साधनमा हाम्रो लगानी रहेको छ । हामी यसै दरमा लगानी गर्न जारी राख्छौं । ताकि नयाँ साधनलाई पेस गर्ने कुरा सुनिश्चित गर्न सकियोस् ।’

टाटा मोटर्स कमर्सियल साधनका लागि भारतीय अग्रणी कम्पनी हो । साधनको क्षेत्रमा इलेक्ट्रिक उत्पादलाई ल्याने बारे सोधिएको प्रश्नमा उनले शून्य उत्सर्जन भएको साधन अपनाउन अपरिहार्य भएको र भारतमा यस्तो वैकल्पिक इन्धनको माध्यमबाट हुने बताए ।

‘हामी वैकल्पिक इन्धनले चल्ने साधनमा आफ्नो रेन्ज बढाइरहेका छौं । हामीले अहिले मात्र एक टन सीएनजीबाट चल्ने साधन पेस गरेका छौं । केही महिना पहिला हामीले १ हजार किलोमिटरको रेन्जको सीएनजी सञ्चालित मध्यम र ठूला साधन पेस गरेका थियौं । वैकल्पिक इन्धनबाट चल्ने इलेक्ट्रिक वाहको दिशामा बदलाव ल्याउन हामी तयार छौं ।’

कम्पनीले आगामी समयमा मध्यम र हल्का कमर्सियल साधनमा सीएनजी मोडलको हिस्सेदारी करिब ४० प्रतिशत र साना साधनमा करिब १० प्रतिशत हुने अपेक्षा गरेको उनले बताए । उनले कम्पनीले ईबीको उत्पादन सुरु गरिसकेको र अर्को महिनाबाट बिक्री सुरु हुने आशा रहेको बताए ।


क्लिकमान्डु