हार्लेको विद्युतीय मोटरसाइल निर्माण गर्ने ‘लाइभवायर’ १ अर्ब ८ करोड अमेरिकी डलरमा अधिग्रहण



एजेन्सी । हार्ले डेभिडसन इन्कले मंगलबार आफ्नो विद्युतिय मोटरसाइकल उत्पादन गर्ने विभाग लाइभवायरलाई बन्द गरेको छ । विशेष उद्देश्य अधिग्रहण कम्पनीसँगको कारोबार सम्झौतामार्फत् हार्लेले पहिलो पटक संयुक्त राज्य अमेरिकामा विद्युतीय मोटरसाइकल बिक्री वितरण गर्ने कम्पनीको स्थापना गरेको छ ।

गत वर्ष हार्लेको विद्युतीय विभागले विशेष उद्देश्य अधिग्रहण कम्पनीका रुपमा एइए–ब्रिज इम्पेक्ट कर्पसँग मर्ज हुने निर्णय गरेको थियो । एइए–ब्रिज कर्पका सेयरहोल्डरहरुले गत साता यो मर्जरलाई मान्यता दिएसँगै हार्लेको विद्युतीय मोटरसाइकल उत्पादन गर्ने लाइभवायर बन्द भएको हो ।

हार्ले डेभिडसनको यसअघिको विद्युतिय मोटरसाइकल उत्पादन गर्ने पूर्व सहायक कम्पनी लाइभवायरका नयाँ सेयरहरु ६.२ प्रतिशतले कम भएको थियो । मध्यान्नको कारोबारमा घटेको सेयर तयसअघि २४ प्रतिशतसम्म बढेको थियो । अमेरिकी सेयर बजारमा मंगलबार कम्पनीले १.७७ बिलियन अमेरिकी डलरको मर्जरपछि यो स्थान हात पारेको हो ।

लाइभवायरलाई बन्द गर्दै हार्लेले ‘ब्ल्यांक चेक फर्म’मार्फत् १.७७ बिलियन डलरमा मर्जर सम्झौता गरेको छ ।
लाइभवायर कम्पनीसँग अहिले एउटा विद्युतीय बाइकको नमुना छ, जसको शुरुवाती मूल्य १६ हजार ९९९ अमेरिकी डलर रहेको छ ।

त्यस्तै, अर्को बाइकको मूलय २२ हजार ७९९ अमेरिकी डलर रहेको छ । दुवै महंगा मूल्यहरु अमेरिकी नागरिकहरुले आधारभूत जीवनयापनमै उच्च मूल्यबृद्धि खेपिरहेको बेला उपभोग्ताको विश्वासलाई कम गर्ने किसिमका रहेका छन् ।

‘मान्छले ८ देखि ९ प्रतिशतसम्म मूल्यबृद्धि भोगिरहेको बेला यी साधनहरु २०२३ मा त किन्ने छैनन्,’ मर्निङस्टाका वरिष्ठ इक्विटी विश्लेषक जेम काट्जले भने, ‘उनीहरु खाद्यान्न किन्ने चाहना राखिरहेका छन् ।’

यस्तोमा विशेष उद्देश्य अधिग्रहण गर्ने कम्पनीका रुपमा एइए बिज्र कर्पसँग सम्झौता हुँदा लाइभवायरलाई बन्द गरिएको हो ।

हार्लेले आफ्नो पहिलो विद्युतिय मोटरबाइक सन् २०१९ मा लाइभवायरको ब्राण्डमार्फत् बजारमा ल्याएको थियो । तर, बजारमा बाइकको मूल्य अत्याधिक हुँदा यीनिहरुको खास बिक्री वितरण भएको थिएन ।


क्लिकमान्डु