आईफोन १४ प्रो म्याक्स रिभ्यू: आकर्षक डिस्प्ले, उत्कृष्ट क्यामेरा



एजेन्सी । एप्पलले यो वर्ष नयाँ सिरिजको मोबाइल ल्यायो । नयाँ मोडलमा नयाँ फिचरहरु नभएको भन्दै केही प्रयोगकर्ताहरु निराश बने भने केही नयाँ मोडलको मोबाइललाई लिएर उत्सुक बने ।

आईफोन १४ प्रो १३ समान रहेको भए पनि यसमा केही नयाँ विशेषताहरु रहेको छ । १४ प्रोमा क्यामेरालाई अपग्रेड गरिएको छ भने कम्पनीले यसपटक डाइनामिक आइसल्याण्ड फिचर राखेको छ ।

आईफोन एक्सको पाँच वर्षपछि प्रयोगकर्ताले फोनको माथिल्लो भाग (नच) मा केही परिवर्तन देख्न सक्छन् ।

१३ प्रो लामो समय चलाउनेहरुले १४ प्रोमा धेरै अपग्रेड नपाउन सक्छन् । यसको कारण आईफोन प्रोमा धेरै जसो कुराहरु हुने भएकाले हेरक वर्ष पूर्ण रुपमा नयाँ फिचर आउनु स्वभाविक हुँदैन । तर यस पटक आईफोनले उत्कृष्ट क्यामेरा, राम्रो डिस्प्ले र हार्डवेयर पेस गरेको छ । आईफोन १४ प्रो को मूल्य ९९९ डलर राखिएको छ भने आईफोन १४ को मूल्य ७९९ डलर राखिएको छ ।
भारतमा १४ प्रोको मूल्य १ लाख २९ हजार ९ सय तोकिएको छ । यसमा १२८ जीवी स्टोरेज रहेको छ । यस्तै २५६ जीबी स्टोरेजको मूल्य १ लाख ३९ हजार ९ सय भारतीय रुपैयाँ छ । ५१२ जीबी र १ टीबी स्टोरेज रहेको भेरियन्टको मूल्य १ लाख ५९ हजार ९ सय र १ लाख ७९ हजार रहेको छ । यसका डीप पर्पल,गोल्ड, सिल्भर र स्पेस ब्ल्याक कलर भेरियन्ट उपलव्ध रहेको छ ।

डिजाइन

आईफोनको डिजाइन निकै आकर्षक छ । तर यो फोन आईफोन १३ प्रोसँग मिल्दोजुल्दो रहेको छ । फोनलाई सामान्य रुपमा हेर्दा कुनै पनि अन्तर थाहा हुँदैन । तर,यसपटक नयाँ मोडलमा लेन्स ठूलो राखिएको छ । यसको अगाडी परिवर्तन महसूस गर्न सकिनेछ ।

त्यस्तै नचमा पनि फरक अनुभव मिल्ने छ । नचको ठाउँमा अब यो डायनामिक आइसल्याण्ड बनेको छ । यसको क्षेत्र अहिले पनि ठूलो छ र अन्य कयौं एन्ड्रोइड स्मार्टफोनको तुलनामा यो पनि अलग देखिने छ । डाइनामिक आइसल्याण्डले सबै एप्सलाई सपोर्ट गर्दैन तर यसले निकै आकर्षक तरिकाले काम गर्छ ।

यसका साथ तपाईंले कुन एप प्रयोग गरिरहनु भएको छ त्यस अनुसार यो तन्किन जान्छ । कयौं ठाउँमा एनिमेशन पनि देख्न सकिन्छ । गीत सुन्ने समयमा यसलाई टाइप गर्दा यो मीडिया प्लेयर बन्न जान्छ । यस खालको नोटिफिकेशन सेन्टरमा नगइकन मीडिया कन्ट्रोल गर्न सकिन्छ ।

आईफोन १४ प्रो स्टेनलेस स्टीलको फ्रेम र पछाडि म्याट फिनिसका साथ रहेको छ । एप्पलको सिरमिक शील्डले कोट स्क्रीनलाई बलियो बनाउन काम गर्छ । आईफोन १३ प्रो जस्तै १४ प्रोको पछाडि पनि ठूलो क्यामेरा बम्प रहेको छ ।

डिस्प्ले: एप्पल र सामसुङ डिस्प्लेको मामलामा अहिले बजारमा सबैभन्दा राम्रो मानिएका फोन हुन् । १४ प्रोले पनि यस ट्रेन्डलाई अंगिकार गरेको छ । डिस्प्लेको मामलामा यो फोन निकै राम्रो रहेको प्रयोगकर्ताहरुले अनुभव गर्न पाउँछन् । यो डिस्प्लेले यस्तो बानी पारिदिने छ कि तपाईंलाई अन्य कुनै डिस्प्ले मन नपर्न सक्छ । राम्रो रंग/उत्कृष्ट ब्राइटनेश यसका विशेषता हुन् ।

आईफोन १४ प्रोको डिस्प्ले १३ प्रोको डिस्प्लेको कलर र एक्यूरेसीमा केही राम्रो छ । यसका साथ यसमा अलवेज अन डिस्प्ले राखिएको छ । यसको १२० एचजेड प्रोमोसन डिस्प्ले ब्याट्री बचाउनका लागि १ एचजेड सम्म जान्छ । गेम्स, फिल्म सिरिज सबैलाई यस डिस्प्लेमा अनुभव गर्नु निकै राम्रो हुने छ । हाई फ्रेम रेटका साथ डेडढ सेल र असफल्ट ९ पनि निकै राम्रो रहेको छ । १४ प्रोमा गेमिंग राम्रो चिपसेट, डिस्प्ले र साउण्डसँग राम्रो अनुभूति हासिल गर्न सकिन्छ ।

क्यामेरा: एप्पलले क्यामेरामा यस वर्ष निकै ठूलो अपग्रेड गरेको छ । यसमा सबैभन्दा ठूला ४८ मेगापिक्सल को व्वड पिक्सल प्राइमरी सेन्सर दिएको छ । यसमा सबैभन्दा ठूला ४८ मेगापिक्सलको क्वड-पिक्सल प्राइमरी सेन्सर दिएको छ । यसको क्यामेरा आफ्नो सेन्सरसँग लाइटिङ कन्डिसनअनुसार १२ मेगापिक्सलको इमेज क्लिक गर्न सक्छ ।

तर, क्वड पिक्सल सेटअपसँग फोर एक्स डिटेलिंगका साथ ४८ मेगापिक्सलको प्रो र पिक्चर्स पनि क्लिक गर्न सकिन्छ । यसमा १२ एमपी अल्ट्रावाइड सेन्सरको पनि बूस्ट गर्न सकिन्छ र यो आइफोन१३ प्रोको तुलनामा २ गुणा ठूलो छ । इसको टेलीफोटो लेन्स अहिले पनि ३ एक्स रहेको छ । एप्पलले मुख्य सेन्सरमा २ एक्स अप्टिकल जूम जोडिएको छ । यसप्रकार यस फोनमा ४ जुम अप्सन रहेको छ ।

अल्ट्रावाइड 0.5x, मुख्य लेन्स 1x र 2x तथा टेलिफोटो 3x रहेको छ । यस पटक आईफोनमा फोटोनिक इन्जिनको नयाँ फिचर पनि जोडिएको छ । यो एक खालको कम्प्युटेशनल फोटोग्राफी मोडल हो जो मध्यम र कम प्रकाशमा फोटोलाई राम्रो बनाउँछ । फोटोनिक इन्जिन कम प्रकाश लिइएको पिक्चर्समा डिटेल लानका लागि डायनामिक रेन्जलाई बढाउँछ ।

आईफोन १४ प्रोको सेल्फी क्यामेरामा पनि सुधार गरिएको छ । यसमा अटोफोकस स्ट्याण्डर्ड हुने छ । कम्पनीले ट्रुयडेफ्त क्यामराको फास्ट अपेचर कम प्रकाशमा राम्रो सेल्फी खिच्न सक्षम रहेको बताएको छ । यसका साथ अगाडिको क्यामेरामा पनि फोटोनिक इन्जिनको एक्सेस पाइन्छ ।

पफर्मेन्स
प्रो मोडल्समा एप्पलले ए १६ बायोनिक लेटेस्ट चिपसेट दिएको छ । यो नयाँ ४ एनएम प्रोसेसबाट बन्छ । यसमा ६ कोर सीपीयू, ५ कोर जीपीयू र १६ कोर न्यूरल इन्जिन रहेको छ । ए १५ बायोनिक चिप को तुलनामा निकै इम्प्रुभमेन्ट देख्न सकिन्छ । आईफोन १४ प्रो परफरमेन्सको मामलामा गेमिङ हो या मल्टी टास्किंग, निकै राम्रो अनुभव दिन्छ । ए १६ का साथ फोनमा नै वीडियो एडिटिङ सजिलो काम बनायो । फोरके प्रोरेस फुटेजका साथ फोनमा सजिलै एडिट गर्न सकिन्छ ।
ए १६ बायोनिक चिपका साथ युजरले यति पावर पाउँछन् कि सायद प्रयोगकर्ताले यसमा प्रयोग गर्न सकिँदैनन् ।

सफ्टवेयर

आईफोन १४ प्रोमा आईओएस १६ आउट अफ द बक्स उपलब्ध छ । यो फोन आउनु अघि ओएस रिलिज गरिएको थियो । आईओएट्ठ १६ मा अहिलेसम्म लक स्क्रिनलाई कयौै खालको कस्टमाइज गर्न सकिन्छ । विजेट्स एड गर्न सकिन्छ । क्लक टाइपफेस बदल्न सकिन्छ । ब्याग्राउण्डका लागि इफेक्ट्सलाई चयन गर्न सकिन्छ । मल्टिपल लक स्क्रिन्स बनाउन सकिन्छ ।

व्याट्री लाइफ र चार्जिङ

१३ प्रो को ब्याट्रीमा कम्पनीले निकै काम गरेको थियो । यो फोनको पनि व्याट्रि क्षमता उत्कृष्ट रहेको छ । धेरै चलाउँदा पनि ११/१२ घण्टा यसले काम गर्छ । एप्पलले अहिले १४ प्रोको ब्याट्रीलाई लिएर केहि भनेको छैन तर यसको व्याट्री यसअघिको सिरिजको भन्दा राम्रो भएको प्रयोगकर्ताहरुले बताएका छन् । एप्पलले यस वर्ष पनि २० वाट चार्जिङमा टिकेको छ । एप्पलले १४ प्रो ३० मिनटमा ५० प्रतिशत चार्ज गर्न सकिने जनाएको छ ।


क्लिकमान्डु