वितरणयोग्य नाफा पर्याप्त भएर पनि किन बनायो सूर्या लाइफले लगानीकर्ताको हात खाली ?



काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले लगानीकर्ताको हात खाली बनाएको छ । कम्पनीले आर्थिक वर्ष २०७७-०७८ को मुनाफाबाट लाभांश नदिएर लगानीकर्ताको हात खाली बनाएको हो ।

कम्पनीले जगेडा कोषलाई मजबुत बनाउन भन्दै लाभांश नदिने जनाएको छ । कम्पनीका अनुसार सूर्या लाइफ र ज्योति लाइफ एक आपसमा गाभ्ने गाभिने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर मर्जर प्रकृया अगाडी बढीरहेको जनाएको छ ।

उक्त आवमा वितरणयोग्य मुनाफा रहेको भएपनि उक्त मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण नगरी जगेडा कोषमा राख्ने निर्णय भएको जनाएको छ ।


क्लिकमान्डु