एनएलजी इन्स्योरेन्सका सीइओ पन्तको कार्यकाल थप



काठमाडौं । एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुनिल बल्लभ पन्तको कार्यकाल थपिएको छ ।

बीमा समितिले स्वीकृति दिएसँगै कम्पनीको सीइओ पदमा उनी आगामी ४ वर्षका लागि दोहोरिएका हुन् ।

बीमा समितिले मंगलबार पन्तलाई दोस्रो कार्यकालका लागि स्वीकृति दिएको हो । उनको दोस्रो कार्यकाल आगामी असोज १९ गतेबाट लागू हुने कम्पनीले जानकारी दिएको छ ।


क्लिकमान्डु