कोषले हिमाल दोलखा हाइड्रोपावरको हकप्रद शेयरको प्रत्याभुति गर्ने



काठमाडौं । नागरिक लगानी कोषले हिमाल दोलखा हाइड्रोपावर कम्पनीको हकप्रद शेयरको प्रत्याभुति गर्ने भएको छ ।

मंगलबार कोष र हाइड्रोपावर कम्पनीबीच प्रत्याभुति गर्ने सम्झौतामा हस्ताक्षर भएको हो । कम्पनीको हाल कायम चुक्ता पूँजी १ अर्ब ६० करोड रुपैयाँको ७५ प्रतिशत (१ः०.७५को अनुपात) ले हुने १ अर्ब २० कारोड रुपैयाँको १ करोड २० लाख कित्ता हकप्रद सेयरको प्रत्याभुति कोषले गर्ने भएको छ ।

सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र दोलखा हाइड्रोपावरको अध्यक्ष रन्जना दाहालले हस्ताक्षर गरेका छन् ।


क्लिकमान्डु