हिमाल दोलखा हाईड्रोपावरले हकप्रद सेयर निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल नियुक्त



काठमाडौं । हिमाल दोलखा हाईड्रोपावर कम्पनीले हकप्रद सेयर बिष्काशन गर्न लक्ष्मी क्यापिटल मार्केटलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । त्यसका लागि असोज ९ गते कम्पनी र क्यापिटलबीच सम्झौता भएको छ ।

सम्झौतापत्रमा हिमाल दोलखा हाईडो पावर कम्पनीको तर्फबाट अध्यक्ष रन्जना दाहाल र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले हस्ताक्षर गरेका छन् ।

काठमाडौमा रजिष्टर्ड कार्यालय रहेको हिमाल दोलखा हाईडो पावरले हालको पुँजी १ अर्ब ६० करोड रुपैयाँको प्रति सेयर सय रुपैयाँका दरले १ कित्ता सेयरको ०.७५ प्रतिशत को अनुपातमा १ करोड २० लाख कित्ता हकप्रद सेयर निकाष्शन गर्ने भएको छ ।

कम्पनीले इलाम जिल्लाको इलाम नगरपालिका–९ १० मा माई खोला साना जलविद्युत आयोजना (४.५ मेगावाट) र माई नगरपालिका–९ मा रहेको माई साना क्यासकेड जलविद्युत आयोजना (८ मेगावाट) हाइडोपावर संचालन गरेको छ ।


क्लिकमान्डु