विदेशी विनियम अपचलन गर्ने बेल्जियमका सतमान पुन विरुद्ध मुद्दा दायर



काठमाडौं । राजस्व अनुसन्धान विभागले विदेशी विनियम सम्बन्धि कसुरमा बेल्जियममा भएका एक नेपाली नागरिकलाई मुद्दा दायर गरेको छ ।

विभागले बहादुर बुढाको नाती जित बहादुर पुनको छोरा ५० वर्षको रुकुमपूर्व उत्तरगंगा- १० भै बेल्जियम बस्ने सतमान पुन विरुद्ध मुद्दा दायर गरेको छ ।

विभागले काठमाडौं जिल्ला अदालतमा भदौ २४ गते मुद्दा दायर गरेको हो । असार २४ गते कतार एरवेजको काठमाडौंबाट दोहाहुँदै बेल्जियम जाने क्रममा पुनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उडान तर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ ‘ए’ मा चेकजाँच गर्ने क्रममा ८ हजार २३० पाउण्ड अवैध रुपमा लैजान लागेको अवस्थामा फेला पारी कारवाहिका लागि अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरमा पठाएको थियो ।

विभागले प्रतिवादी पुनले ४ लाख ३१ हजार डढ३ रुपैयाँ बराबरको परिवर्त्य विदेशी विनिमय अवैध रुपमा ओसारपसार गरेको जनाएको छ । उक्त रकम बराबरको विदेशी विनिमय अपचलन कारोबार गरेको देखिएको भन्दै ४ लाख ३१ हजार ८९३ रुपैयाँ विगो कायम गरी काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ ।


क्लिकमान्डु