भीमफेदी र रुकुममा यात्रु बस दुर्घटना, १० जनाको मृत्यु



काठमाडौं । देशको छुट्टाछुट्टै दुई स्थानमा यात्रु बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ ।

बिहीबार मकवानपुरको भीमफेदी गाउँपालिकास्थित जुरिखेतमा यात्रुवाहक मिनि बस दुर्घटना हुँदा ६ जना र रुकुम पूर्वको भूमे गाउँपालिका ३ को क्याङसी बगरमा बस दुर्घटना हुँदा ४ जनाको गरि १० जनाको मृत्यु भएको हो ।

काठमाडौंबाट हेटौंडा जाँदै गरेको बा.३ ख ७८५८ नम्बरको बस भीमफेदी गाउँपालिका-६ जुरिखेतको एघार घुम्तीको ओरालोमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

त्यस्तै रुकुम पूर्वको भूमे गाउँपालिका ३ को क्याङसी बगरमा काठमाडौंबाट रुकुमकोटतर्फ गइरहेको १ ख ९१०९ नम्बरको बस दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको ।

दुर्घटनामा अन्य १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ ।


क्लिकमान्डु