सरकारले गाडी आयातमा कडाइ गर्दा २५% व्यवसायी पलायन भएः नाडा अध्यक्ष थापा



काठमाडौं । नाडा अटोमोबाइल एशोसिएशनका अध्यक्ष धुर्ब थापाले सरकारले गाडी आयातमा कडाइ गर्दा २५ प्रतिशत व्यवसायी पलायन भएको बताएका छन् ।

आजबाट सुरू भएको इभी एक्स्पोमा उनले यस्तो बताएका हुन् । विदेशी सञ्चिति घटेको भन्दै सरकारले गाडी आयातमा कडाइ गर्दा व्यवसायीहरूले सवारी साधन आयात गर्न नपाएको उनको गुनासो छ ।

वार्षिक १ खर्ब बराबरको सवारी साधन आयात हुँदा सरकारले ९० अर्ब राजस्वमा पाएको स्मरण गराउँदै आयात ठप्प हुँदा कर घट्नुका साथै १ लाख प्रत्यक्ष र १० लाख अप्रत्यक्ष मानिसको रोजगारी जोखिममा परेको उनको दाबी छ ।

उनले आयातको क्षेत्रमा २५ प्रतिशत राजस्व ओगटेकाले सरकारले अब छिट्टै आयात खुल्ला गर्नुपर्ने उल्लेख गरे । नाडाले आयोजना गरेको इभी शोले ग्रीन नेपालको अवधारणालाई सहयोग पुग्ने उनको भनाइ छ ।


क्लिकमान्डु