असोज १२ गतेदेखि भृकुटीमण्डपमा ‘अटो एक्स्पो’ हुँदै



काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा अटो–एक्स्पो मेला हुने भएको छ । मेलामा नयाँ तथा पूराना सबै प्रकारका गाडी पाईने छ । दशैको अवसरमा हुन लागेको मेलामा क्यास अन ह्विलको आयोजना रहेको छ ।

क्यान अन ह्विलका अध्यक्ष मोहन भण्डारीका अनुसार असोज १२ गतेदेखि १४ गते सम्म हुने मेलामा भने २ सय गाडी विक्रेताहरु हुनेछन्, ब्राण्ड न्यु कार पनि अफर मूल्यमा राखिने उनको भनाइ छ ।

‘गाडी किनबेच या एक्सचेन्च गर्न अहिलेको जमानामा थुप्रै विकल्प छन् । हाम्रोबजार डटकम, क्यास अन ह्विल र अन्य सामाजिक सञ्जालमार्फत पनि यो काम भैरहेको छञउनले भने, ञभृकटीमण्डपमा असोज १२ गतेदेखि १४ गते सम्म हुने मेलामा २ सय भन्दा बढि प्रयोग गरिएका गाडीका विक्रेताहरु सहभागि हुनेछन्, ब्राण्ड न्यु कार पनि अफर मूल्यमा राखिनेछन् ।’

मेलामा दश हजार भन्दा बढी खरिद विक्रिकर्ताहरुको जमघट रहने छ भने तीस हजार भन्दा बढी व्यापरिक घरनाको सहभागिता रहने भएको छ ।

साथै एक्स्पोमा गाडी खरिद गर्नेलाई विना झन्झट सहजै फाईनान्सको व्यवस्था रहेको छ । एक्सपोमा किन्ने र बेच्नेबीच सिधा डिल हुने पनि आयोजकले जनाएको छ ।

मेलाको उद्घाटन भने भौतिक पूर्वाधा तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले गर्ने आयोजकले जनाएको छ । मेलाको मेला विहान १० बजेदेखि साँझ ६ बजेसम्म चल्नेछ ।


क्लिकमान्डु