ब्याजदर बढाउने निर्णयप्रति महासंघको गम्भीर ध्यानाकर्षण, निर्णय तत्काल स्थगन गर्न माग



काठमाडौं । बैंक वित्तिय संस्थाहरूद्धारा असोज एक गतेदेखि लागु हुने गरि ब्याजदरमा भएको वृद्धिप्रति नेपाल उद्योग वाणिज्य महासंघले गम्भीर ध्यानाकर्षण भएको छ ।

यसले कर्जाको ब्याजदर आकासिने हुँदा कोभिड महामारी र त्यसपछि वाह्य र वित्तिय क्षेत्र असन्तुलनका कारण प्रभावित उद्यमी व्यवसायी मर्माहत हुने भन्दै महासंघले सरकार, केन्द्रीय बैंक र बैंक वित्तिय संस्थाहरूको ध्यानाकर्षण गराएको छ ।

बढदो लागतका कारण साना तथा मझौला उद्यम बन्द गर्नुपर्ने अवस्था आएको भन्दै उत्पादित सामानको मुल्य अकासिएर आम सर्वसाधारणको जिविका पनि कष्टकर हुँदै गएको महासंघको ठहर छ ।

८ प्रतिशत भन्दा माथि पुगिसकेको मुद्रास्फिति दरलाई बैंक वित्तिय संस्थाहरूको यो निर्णयले थप माथि लैजाने महासंघको ठहर छ । अर्थतन्त्र सुंकचित हँुदै जाँदा सरकारको राजस्व संकलन समेत करिब २० प्रतिशतले न्यून हुन गएको महासंघको भनाइ छ ।
‘संकटको बेलामा जोखिम बा“डेर अर्थतन्त्रका सबै क्षेत्रले एक अर्कालाई सहयोग गर्नुपर्ने अहिलेको अवस्था हो । विशेषगरि कोभिडका कारण पहिलो बन्दाबन्दीको अवस्थामा बैकिङ क्षेत्रबाट प्राप्त सहयोगको महासंघ प्रशंसा गर्दछ’ महासंघले विज्ञप्ति जारी गर्दै भनेको छ ‘तर पछिल्लो निर्णयले व्याजदरमा अस्थिरता हँुदा संचालनमा रहेको व्यवसाय जोखिममा पर्ने र नया“ लगानी निरूत्साहित हुनेछ ।’

अत्यन्त असहज अवस्थाबाट गुज्रिरहेको उद्योग व्यवसाय क्षेत्रमा ऋणको ब्याजभार थपिन जाँदा अर्थतन्त्रमा संकट आउन सक्ने आंकलन गर्न सकिने महासंघको भनाइ छ । अर्थतन्त्रमा नकारात्मक असर मात्र पर्ने ब्याजदर वृद्धिको निर्णय तत्काल स्थगन गर्न महासंघ सम्पूर्ण सबै सरोकारवाला समक्ष माग गरेको छ ।


क्लिकमान्डु