सगरमाथा इन्स्योरेन्स, जय नेपाल हलसहित ४१ व्यक्ति/ कम्पनीलाई १० दिनभित्र कर तिर्न महानगरको चेतावनी



काठमाडौं । काठमाडौं महानगरपालिकाले घर जग्गा सम्पत्ति कर बुझाउने भन्दै ४१ व्यक्ति तथा कम्पनीलाई १० दिने सूचना जारी गरेको छ ।

महानगरले पत्र प्राप्त भएको १० दिनभित्र सम्बन्धित वडा कार्यालयमा गई घर जग्गा÷सम्पत्ति कर र सो को जरिवाना बुझाउन भनेको छ ।

सम्पत्ति बहालमा लगाएको भए बहालमा लिने दिनेबीच भएको सम्झौतामा उल्लेखित रकमको १० प्रतिशतले हुन आउने कर सहित बुभलाउन भनेको छ । भनेको समयमा नबुझाएमा महानगरको राजस्व ऐन २०७५ बमोजिम कारबाही गरी बाँकी कर रकम सरकारी बाँकी सरह असुलउपर गर्ने जनाएको छ ।

महानगरले कर तिर्न भन्दै रविन्द्र बहादुर मल्ल वडा–१, सुभाष कुमार घिमिरे र सानुभाई बखुन्छे वडा–१, मसिना अमात्य, लाजिम्पाट वडा–१, रविना श्रेष्ठ, लाजिम्पाट वडा–२, शिशु अर्याल वडा–२ र ३१, योगनाथ पौडेल, वडा–१६, प्रदीप रत्न ताम्राकार, उदय रत्न ताम्राकार र विजय रत्न ताम्राकार, वडा–२०, बसुन्धरा तुलाधर, वडा–२२, पुरुषोत्तम संघई वडा–२८, किरण संघई, वडा–२८ लाई पत्र काटेको छ ।

यस्तै जय नेपाल हल, हात्तिसार वडा–१, इम्पेरियल अपार्टमेन्ट, वडा–१, सगरमाथा इन्स्योरेन्स क. लि, वडा–१, ग्लोबल ट्रेडिङ्ग कन्सर्न, वडा–१, पुजा इन्टरप्राइजेज वडा–१, ल्याण्डमार्क होटल, वडा–१, ॐ सान इन्टरनेशनल कलेज, वडा–७. क्लर्ड ट्रेड सेन्टर, त्रिपुरेश्वर, वडा– ११, सिभिल मल, सुन्धारा, वडा–११, सि.टि.सि मल, सुन्धारा, वडा–११. एन आर टी क्लव, वडा–११ लाई पनि कर तिर्न महानगरले बोलाएको छ ।

यस्तै बुद्धबारी कम्प्लेक्स वडा–१२, सिग्नेचर अपार्टमेन्ट, वडा–१२, काठमाडौं इन्जिनियरिङ्ग कलेज, नेपाल रेडक्रस सोसाइटी, वडा– १३ र २८, ब्लु बर्ड ईन्भेष्टमेन्ट, वडा–१३, होटल प्लाटिनियम(महावीर प्यालेस) वडाؘ–१३, आदर कम्प्लेक्स, बल्खु, वडा–१४, ब्याट्री कारखाना, बालाजु, वडा–१६, सिद्धार्थ वनस्थली स्कूल, वडा–१६, एडभान्स अटोमोबाइल्स प्रा.लि.वडा– २० ले पनि कर तिरेको छैन । कर तिर्न भन्दै महानगरले सूचना जारी गरेको छ ।

यस्तै भि जि अटोमोबाइल्स, आदर्श नगर बिजनेश प्रा.लि.वडा–२२, रञ्जना ट्रेड सेन्टर, वडा – २२, नेपाल स्काउट, वडा –२६, नेपाल सेन्टर फर डेभलमेण्ट एण्ड पोलीसी स्टडीज प्रा.लि, पुतलीसडक, वडा–२८, नेम इन्स्टिच्यूट फर मेडिकल एजुकेशन प्रा.लि. ,पुतलीसडक, वडा–२८, स्टार होल्डीङ्ग, पुतलीसडक, वडा–३०, पुण्य मेन्सन प्रा.लि, पुतलीसडक, वडा- ३०, रिद्धिसिद्धि डेभलपर्स, वडा–३२, वरुण वेभरेज नेपाल प्रा.लि. वडा–३२ लाई कर बुझाउन ताकेता गरेको छ ।


क्लिकमान्डु