नेपाल लाइफ इन्स्योरेन्सले सुरु गर्यो डाइनामिक क्यूआर पेमेन्ट सिस्टम



काठमडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ई-सेवा सँगको सहकार्यमा डाइनामिक क्यूआर पेमेन्ट सिस्टम संचालनमा ल्याएको छ ।

राजधानीमा आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले उक्त सेवाको शुभारम्भ गरेका हुन् ।

नेसनल सेल्स हेड उमापति पोखरेलले डाइनामिक क्यूआरको माध्यमबाट आफ्नो तथा आफ्नो परिवारको प्रिमियम भुक्तानी गरि सेवाको सुचारु गरेका छन् ।

सेवा सुचारुका साथै इन्स्योरेन्स यो सेवा उपलब्ध गराउने नेपालकै पहिलो र एक मात्र जीवन बीमा कम्पनी बनेको छ ।
नेपाल लाइफका देशै भरिका शाखा तथा उपशाखाहरूबाट डाइनामिक क्यूआरको माध्यमबाट भुक्तानी गर्न सकिने छ ।

कार्यक्रममा सीईओ पराजुलीले आधुनिक प्रविधिको प्रयोगबाट ग्राहकलाई सहज, सरल सेवा उपलब्ध गराउन कम्पनी लागि परेको बताए । उनले आउने दिनहरुमा पनि डिजिटल रुपान्तरणको अभ्यासलाई जारी राख्ने बताए ।

यसको माध्यमबाट २ लाख रुपैयाँ सम्मको भुक्तानी ६० भन्दा बढी बैंक, सहकारी, लघुवित्त तथा मोबाइल वालेट एप्लिकेसनद्वारा सहजै गर्न सकिने छ ।


क्लिकमान्डु