तीन लाखमा पाइने टिभिएस एनटर्क १२५ रेस एक्सपीमा के छन् विशेषता ?



काठमाडौं । टिभिएस मोटर कम्पनीले नयाँ टिभिएस एनटर्क १२५ रेस एक्सपी नेपाली बजारमा ल्याएको छ ।

यो मोडलमा कनेक्टिभिटि प्ल्याटफर्म, राइड मोडहरु छान्ने सुविधा रहेको कम्पनीले जनाएको छ । यसमा मोड चेन्ज, नाभिगेसन, कन्सोल ब्राइट्नेस अड्जस्टमेन्ट र डिएनडि लगायत अन्य थुप्रै कनेक्टिभिटि फङसनहरु समावेश गरिएको छ ।

१२५ सिसि सेग्मेन्टमा १० पीएस भन्दा धेरै पावर हुने नेपालकै एक मात्र स्कुटर भएको कम्पनीले जनाएको छ । पहिलाको भन्दा सुधारिएको ग्यास फ्लो डाइनामिक्स र कम्बुस्चनले यसको पावर डेलिभरी अझै राम्रो बनाएको कम्पनीको दाबी छ । यसमा प्रयोग भएको एड्भान्स्ड इन्जिनियरिङ्ग पोलिमर र सर्वाधिक बलियो एलोए स्टिलले यस लाई अझ हलुका बनाएको छ जसले गर्दा यो स्कुटर चलाउन सजिलो रहेको छ ।

टिभिएस कनेक्ट मोबाइल एप मार्फत कनेक्ट गर्न सकिन्छ । यसमा भएको भोइस असिस्ट फिचरले राइडरको न्याभिगेसन लन्च गर्ने, मोड चेन्ज गर्ने लगायत १५ छुट्टा छुट्टै भोइस कमान्डहरु लिन्छ । यसले गर्दा राइडरहरुले ड्राइभ गर्दा–गर्दै पनि कुनै पनि ब्लुटुथ कनेक्टेड डिभाइस मार्फत आवाजकै भरमा विभिन्न सेटिङ्हरु कन्ट्रोल गर्न सक्नेछन् ।

रेस मोडमा हाइवेमा स्कुटरको स्पिड भने ९८ किमि प्रतिघण्टासम्म बढाउन मिल्छ भने स्ट्रिट मोड शहरको ट्राफिकमा उपयुक्त हुन्छ । स्ट्रिट मोड एक्टिभेट गरेपछि माइलेज बढ्नुका साथै राइडिङ स्मुथ हुन्छ । ट्राइ–टोन कलर रिम सहित उपलब्ध यो स्कुटरको मुल्य तीन लाख ५ हजार ९०० रुपैयाँ रहेको छ ।


क्लिकमान्डु