नेपाल पुनर्बीमा कम्पनीद्वारा रेट्रो प्रोग्रामका लागि १९ ब्रोकर छनौट



काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले नेपाल रि रेट्रो प्रोग्रामका लागि १९ ब्रोकर कम्पनी छनौट गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७९/८० का लागि ब्रोकर कम्पनीहरू छनौट गरेको हो ।

कम्पनीले आफ्नो जोखिम भारलाई अन्य पुनर्बीमकमा हस्तान्तरण गर्नका लागी नेपाल रि रेट्रो प्रोग्राम अन्तर्गत पुनर्बीमा ब्रोकरहरूको नामावली सार्वजनिक गरेको जनाएको छ ।

चालु आवका लागि रेट्रो पोग्रामका लागि अल्र्ट इन्स्योरेन्स ब्रोकर, एओएन रि इन्स्योरेन्स, जेवि बोडा

इन्स्योरेन्स एण्ड रि इन्स्योरेन्स ब्रोकर्स, पायोनिर इन्स्योरेन्स एण्ड रि इन्स्योरेन्स लगायतका ब्रोकर कम्पनी सूचीकृत भएका छन् ।

गत आवमा नेपाल पुनर्बीमा कम्पनीले रेट्रो प्रोग्रामको लागि २६ वटा ब्रोकर कम्पनी छनौट गरेको थियो ।

पुनर्बीमा ब्रोकरले पुनर्बीमा कम्पनी र बीमा कम्पनीसँगको मध्यस्थकर्ताको रूपमा काम गर्नुपर्ने हुन्छ ।

पुनर्बीमा विशेषज्ञता सेवा र प्राविधिक परामर्श दिने, पुनर्बीमा दाबी भुक्तानी सहजीकरण गर्ने, पुनर्बीमा सम्झौता तयार गर्न सहयोग गर्ने, जोखिमअनुसार उपयुक्त पुनर्बीमा व्यवस्था गर्न सहयोग गर्ने काम पुनर्बीमा ब्रोकरले गर्नुपर्ने हुन्छ ।


क्लिकमान्डु