अब सस्तो मोबाइल नपाइने !



काठमाडौं । बजारमा आइरहेका सस्ता चिनियाँ मोबाइल फोन नपाइने सम्भावना बढेको छ । यसका कारण ग्राहकले महँगो फोन किन्नुपर्ने हुन सक्नेछ ।

चिनियाँ कम्पनीहरुले भारतमा रहेका प्लान्टहरुलाई अन्य देशमा लैजाने तयारी गरेसँगै भारत, नेपाल लगायतका देशमा यस्तो मोबाइल नपाइने सम्भावना बढेको हो ।

देशमा आफ्नो म्यानुफ्याक्चरिंग प्लान्ट लगाउने तयारी रहेका छन् ।

ती कम्पनीहरुले भारतमा आफ्नो प्लान्ट बन्द गर्न सक्ने जनाइएको छ । चिनियाँ कम्पनीहरुले भारत छाड्न चाहेनका छन् ।

ग्लोबल टाइम्सको एक रिपोर्टका अनुसार चीनको मोबाइल फोन कम्पनीले बढ्दो कारबाहीलाई ध्यानमा राख्दै अन्य म्यानुफ्याचरिंग प्लांट लगाउनका लागि भारत छाड्न सक्ने उल्लेख गरिएको छ ।

भारतमा रहेको एक चिनियाँ मोबाइल कम्पनीका कार्यकारीलाई उदृत गर्दै चिनियाँ स्मार्टफोन ब्राण्ड इण्डोनेशिया, बंग्लादेश र नाइजेरियामा भारतको विकल्पको रुपमा हेरिरहेका छन् ।

मोबाइल फोन निर्माता ओप्पोद्वारा हालसालै इजिप्ट सरकारसँग २०मिलियन डलरको विनिर्माण संयन्त्रका लागि एक सम्झौता गरेको छ । यो सम्झौता भारतबाट चिनियाँ कम्पनीको पलायनको सुरुवात हुन सक्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारत सरकारले तीन चिनियाँ मोबाइल कम्पनी – ओप्पो, वीवो इंडिया र सा‌ओमीमाथि चोरी घटनामा जाँच गरिरहेको छ । यसका साथै भारतमा ३ सय भन्दा धेरै चिनियाँ एपहरुमा प्रतिबन्धसमेत लगाइएको छ ।


क्लिकमान्डु