सरकारले ‘विद्युत् विधेयक- २०७७’ फिर्ता लियो



काठमाडौं । सरकारले राष्ट्रियसभामा विचाराधिन ‘विद्युत विधेयक, २०७७’ फिर्ता लिएको छ ।

शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले सो विधेयक फिर्ता लिनका लागि पेश गर्नु भएको प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो ।

अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकले सर्वसम्मतिले पारित सो प्रस्ताव फिर्ता भएको घोषणा गरे ।

‘नेपालको संविधानको धारा ११२ र राष्ट्रियसभा नियमावली २०७५ को नियम ११६ बमोजिम अब म माननीय ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसाललाई राष्ट्रियसभामा विचाराधिन विद्युत विधेयक २०७७ फिर्ता गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिन्छु,’ उनले भने ।

राष्ट्रियसभाको अर्को बैठक आगामी असोज २ गते आइतबार बिहान १० बजेर ५९ मिनेटमा बस्नेगरी बोलाइएको छ ।


क्लिकमान्डु