सामाजिक सञ्जालमा आउने प्रलोभनयुक्त म्यासेज नखोल्न दूरसञ्चार प्राधिकरणको आग्रह

196
Shares

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले प्रलोभनयुक्त म्यासेज नखोल्न आग्रह गरेको छ ।

प्राधिकरणले एक सूचना जारी गर्दै भाइबर, म्यासेन्जर, ह्वाट्सएप, इमो, वीच्याट जस्ता एपहरुमा राष्ट्रिय झण्डा, प्राधिकरण तथा सेवा प्रदायकको लोगोसमेत दुरुपयोग गरी प्रलोभनयुक्त तरिकाले पुरस्कार परेको भन्दै म्यासेज पठाएर सेवाग्राहीलाई प्रलोभनमा पार्ने काम भइरहेको भन्दै सचेत रहन आग्रह गरेको हो ।

प्रलोभनमा परि अपरिचित व्यक्तिको सम्पर्कमा पुगि आफ्नो नाम, मोबाइल नम्बर, बैंक खाता लगायतको जानकारी दिइ उपभोक्ताहरु ठगिएको पाइएकोले त्यस्ता प्रलोभनमा नपरी र त्यस्ता म्यासेज तथा यससँग आउने लिंक नखोल्न प्राधिकरणले आग्रह गरेको छ ।