हिमालयन रिले कमायो २७ करोड ८२ लाख खुद नाफा



काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले गत आर्थिक वर्षमा २७ करोड ८२ लाख ५४ हजार रूपैयाँ खुद नाफा कमाएको छ ।

कम्पनीले गत आर्थिक वर्षको असारसम्ममा ७७ करोड १७ लाख ९५ हजार रूपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । कम्पनीले लगानी, कर्जा तथा अन्य आयबाट ४ करोड ३७ लाख ५० हजार रूपैयाँ आम्दानी गरेको छ ।

यस अवधिमा कम्पनीले ३ करोड ३७ लाख ३९ हजार रूपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आवमा कम्पनीले पुनर्बीमा कमिशन खर्च शीर्षकमा १६ करोड १३ हजार रूपैयाँ खर्च गरेको छ । यस्तै, कम्पनीले व्यवस्थापन खर्च शिर्षकमा १२ करोड ८३ लाख रूपैयाँ खर्च गरेको छ ।

७ अर्ब रूपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा १२ करोड ५१ लाख रूपैयाँ, बीमा कोषमा १४ लाख ८१ हजार रूपैयाँ र महाविपत्ती कोषमा १ करोड ४३ लाख ७० हजार रूपैयाँ सञ्चित छ ।

हिमालयन रि नेपालको निजी क्षेत्रको पहिलो पुनर्बीमा कम्पनी हो । नियामक निकाय बीमा समितिले हिमालयन रिलाई २०७८ जेठ महिनामा लाइसेन्स दिएको थियो ।


क्लिकमान्डु