सूर्या लाइफले बढायो बोनसदर, अधिकतम ९० रूपैयाँ कायम



काठमाडौँ । सूर्या लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को तुलनामा बोनस दर बढाएको छ । आव २०७६/०७७ मा इन्स्योरेन्सले प्रतिहजार न्यूनतम ३८ रूपैयाँ र अधिकतम ७३ रूपैयाँ बोनसदर कायम गरेको थियो ।

आव २०७६/०७७ को तुलनामा आव २०७७/०७८ मा कम्पनीले न्यूनतम र अधिकतम बोनसदर बढाएको हो ।

मुनाफामा सरिक हुने (बोनस आर्जन) गर्ने गरी जारी गरिएका जीवन बीमालेखहरूअन्तर्गत आव २०७७/७८ का लागि प्रतिहजार न्यूनतम ४० रूपैयाँदेखि अधिकतम ९० रूपैयाँसम्म बोनसदर कायम भएको छ ।

इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्याङ्कनसम्बन्धी बीमाङ्कीय प्रतिवेदन बीमा समितिबाट स्वीकृत भएपश्चात बीमितलाई दिने बोनस दर सार्वजनिक गरेको हो ।

कम्पनीले सावधिक जीवन बीमालेखअन्तर्गत बीमा अवधिअनुसार प्रति हजार न्यूनतम ४० रूपैयाँदेखि अधिकतम ७० रूपैयाँ बोनसदर कायम गरेको छ ।

यस बीमा योजनामा ३० वा सो भन्दा माथि बीमा अवधिका लागि ७० रूपैयाँ बोनसदर कायम गरिएको कम्पनीले जानकारी दिएको छ । ० देखि ९ वर्ष अवधिका लागि ४० रूपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ४१ रूपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ४५ रूपैयाँ, २० वर्षदेखि २४ वर्ष अवधिका लागि ५४ रूपैयाँ, २५ वर्षदेखि २९ वर्षका लागि ६० रूपैयाँ बोनसदर निर्धारण भएको छ ।

सावधिक तथा आजीवन बीमालेखमा इन्स्योरेन्सले बीमा अवधिअनुसार प्रतिहजार न्यूनतम ४० रूपैयाँदेखि अधिकतम ७० रूपैयाँ बोनसदर कायम गरेका छ । यस बीमा योजनामा बीमितले ३० वा सो भन्दा माथिका बीमा अवधिमा प्रतिहजार ७० रूपैयाँ बोनसदर पाउने छन् ।

यस बीमा योजनामा बीमितले ० देखि ९ वर्षे बीमा अवधिमा ४० रूपैयाँ, १० देखि १४ वर्षे बीमा अवधिमा ४२ रूपैयाँ, १५ देखि १९ वर्षे बीमा अवधिमा ४६ रूपैयाँ र २५ देखि २९ वर्षे बीमा अवधिमा ६० रूपैयाँ बोनसदर पाउने कम्पनीले जनाएको छ ।

कम्पनीको अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा बीमितले प्रतिहजार न्यूनतम ४२ रूपैयाँदेखि अधिकतम ६० रूपैयाँ बोनसदर कायम गरेको छ ।

यस बीमा योजनामा बीमितले १० देखि १४ वर्षे बीमा अवधिमा ४२ रूपैयाँ, १५ देखि १९ वर्षे बीमा अवधिमा ४२ रूपैयाँ र २५ देखि २९ वर्षे बीमा अवधिमा ५२ रूपैयाँ बोनसदर पाउने कम्पनीले जनाएको छ ।

चौरासी पुजा अग्रिम नियमित भुक्तानी बीमा योजनामा कम्पनीले न्यूनतम ४५ रूपैयाँ र अधिकतम ६५ रूपैयाँ बोनसदर कामय गरेको छ ।

यस बीमा योजनामा बीमितले १० देखि १४ वर्षे बीमा अवधिमा ४५ रूपैयाँ, १५ देखि १९ वर्षे बीमा अवधिमा ५० रूपैयाँ र २५ देखि २९ वर्षे बीमा अवधिमा ६५ रूपैयाँ बोनसदर पाउने कम्पनीले जनाएको छ ।

चौरासी पुजा अग्रिम एक भुक्तानी बीमा योजनामा कम्पनीले बीमा अवधिअनुसार प्रतिहजार न्यूनतम ७५ रूपैयाँदेखि अधिकतम ९० रूपैयाँ बोनसदर कायम गरेको छ । यस बीमा योजनामा २५ देखि २९ वर्षे बीमा अवधिका लागि इन्स्योरेन्सले ९० रूपैयाँ बोनसदर कायम गरेको हो ।

यस बीमा योजनामा बीमितले १० देखि १४ वर्षे बीमा अवधिमा ७५ रूपैयाँ, १५ देखि १९ वर्षे बीमा अवधिमा ८० रूपैयाँ, २० देखि २४ वर्षे बीमा अवधिमा ८५ रूपैयाँ बोनसदर पाउने कम्पनीले जनाएको छ ।
कम्पनीको अधिकतम बोनसदरको लाभ लिने बीमितको संख्या १ वटा मात्रै रहेको छ ।

उल्लेखित बोनसदर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी, दाबी, समर्पण मूल्य, चुक्ता मूल्य तथा चालु बीमालेखमा समेत लागू हुने कम्पनीले जानकारी दिएको छ ।

साथै, कम्पनीकाअनुसार आगामी बीमाङ्कीय मूल्याङकन बीमा समितिबाट स्वीकृत नभएसम्म भुक्तानी गर्ने सम्पूर्ण दाबीहरूमा यही बोनसदर कायम हुने छ ।


क्लिकमान्डु