रियलमीको ५ जी स्मार्टफोन ९ आई ५जी नेपाली बजारमा, कति पर्छ मूल्य ?



काठमाडौं । विश्वमै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले अहिले सम्मकै सबैभन्दा सुपथ मूल्यको छन् । स्मार्टफोन रियलमी ९ आई पाइभजी लन्च गरेको छ ।

यो स्मार्टफोनमा २.४ जिएच्जेडको गतिमा सञ्चालन हुने अक्टा–कोर सीपीयू रहेको छ । यसमा ५ जी नेटवर्कको ५ जी डुअल सिम डुअल स्ट्यान्डबाईमा राख्न मिल्छ ।

लन्चको बारेमा बोल्दै रियलमी नेपालका कन्ट्री हेड मुनिष गिरीले भने, ‘हामीले जहिले पनि प्रविधि र नयाँ आविष्कारलाई सँग–सँगै राखि अगाडि बढिरहेका छौँ । हाम्रो मुख्य उद्धेश्य भनेको ५ जीलाई धेरै भन्दा धेरै उपभोक्तामा पुर्‍याउनु हो र यसै सिलसिलामा हामीले ९ आई ५जी नेपाली बजारमा ल्याएका छौँ । हामीलाई आशा छ हाम्रा उपभोक्ताहरुले यो फोनमा भएको उत्कृष्ट फिचरस र डिजाईनको राम्रो अनुभव लिनुहुनेछ । अहिलेको नेपाली बजार हिस्सालाई कायम राख्दै नेपाली बजारमा १ करोड रियलमी स्मार्टफोन उपलव्ध गराउने हामीले लक्ष्य लिएका छौँ ।’

५ हजार एमएएचको शक्तिशाली ब्याट्रि भएको यो फोनमा सुपर पावर सेभिङ मोड पनि रहेको उनले जानकारी दिए । साथै यो सेगमेन्टकै सबैभन्दा ठुलो सेन्सर र ५० एमपिको अल्ट्रा एचडी प्राइमरी क्यामरा सहितको ५० एमपिको एआई ट्रिपल क्यामरा रहेको छ ।

यसको साथै यसमा भएको डाइनामिक र्‍याम एक्स्पान्सन टेक्नोलोजीले मेमोरी कार्डमा ३ जिबी सम्म भर्चुअल र्‍याम थप्न मिल्ने उनले बताए ।

रियलमी ९ आई ५जी भदौ २८ गतेबाट दराज लगायत नेपालभरि रहेका रियलमीका १००० भन्दा बढी स्टोरहरुमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

कति पर्छ मूल्य ?


क्लिकमान्डु