ललितपुर महानगरले लगनखेलको मञ्जुश्री पेट्रोल पम्प सिल गर्यो



काठमाडौं । ललितपुर महानगरपालिकाले लगनखेलस्थित मञ्जुश्री पेट्रोल पम्पलाई सिल गरेको छ । मापदण्ड विपरित सञ्चालनमा रहेको उक्त पेट्रोल पम्पलाई सिल गरिएको ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश अर्यालले बताए ।

महानगरले उक्त संरचनालाई हटाउन भन्दै लामो समयदेखि अनुरोध गरिरहेको थियो । तर, ६ महिनाभन्दा लामो समयदेखि हटाउन आग्रह गर्दा पनि नमानिएपछि उक्त संरचनालाई सिल गरिएको हो । महानगरका सुचनाअधिकारी रुद्र प्रसाद गौतमकाअनुसार राजस्वअन्तर्गका कुनै मापदण्ड पुरा नभएकाले उक्त संरचनालाई सिल गरिएको हो ।

उनले भने, ‘मैले पनि पुरा सुचना पाउन बाँकी नै छ । तर, राजस्व अन्तर्गतको मापदण्ड पुरा नभएकाले उक्त संरचनालाई सिल गरिएको भनिएको छ ।’

अति संवेदनशिल क्षेत्र भएकाले पम्पलाई हाल सिल गरिएको छ । विस्तारै पम्प रहेको संरचनालाई हटाइने नगरपालिकाले जनाएको छ ।


क्लिकमान्डु