१०० डलरभन्दा कममा पाइने उत्कृष्ट ड्रोन



काठमाडौं । केही वर्षअघिसम्म फोनबाट सेल्फी लिनु आकर्षक थियो । तर, अहिले त्यो फेरिएको छ ।

अहिले संसारभर नै नयाँ किसिमको सेल्फी लिने शैलीको विकास भइरहेको छ । त्यो हो, ड्रोनबाट लिने सेल्फी । र त्यसका लागि नयाँ ‘ड्रोन एक्स प्रो’ एकदमै आकर्षक मानिएको छ ।

यो ड्रोन नयाँ किसिमको ड्रोन हो, जसलाई जो सुकैले उडाउन सक्छन् । र, यो ड्रोन सेल्फी लिनका लागि उत्कृष्ट मानिएको छ ।

ड्रोन एक्स प्रोललाई जर्मनका दुई इन्जिनियरले बनाएका हुन्। आफैं पनि ड्रोन मन पराउने उनीहरूले बजारमा भएका ड्रोनहरू बोक्न गाह्रो, यात्रामा लिएर हिँड्न असहज र गह्रुँगो भएको मभशुस गरेका थिए । त्यसेले उनीहरूले एउटा यस्तो ड्रोनको विकास गरे, जुन बोक्नमा सजिलो र एकदमै कम्प्याक्ट डिजाइनको छ ।

यो ड्रोन हल्का वजनको छ । तर, त्यसको अर्थ यसको गुणस्तर पनि अन्यको तुलनामा कमजोर छ भन्ने होइन । ड्रोनमा सबै विशेषताहरू छन् । र, यसले एचडी भिडियो खिच्न सक्छ ।

मोबाइल फोनबाटै नियन्त्रण तथा सजिल्यैसँग सञ्चालन गर्न सकिने यो ड्रोनमार्फत प्रत्यक्ष प्रसारण पनि गर्न सकिन्छ ।

र अहिले विश्वभर नै यो ड्रोनको प्रयोग सेल्फी लिनका लागि प्रयोग भइरहेको छ । यसरी लिइएका सेल्फीहरुको गुणस्तर पनि निकै राम्रो छ ।

कसरी काम गर्छ ?

बजारमा उपलब्ध ड्रोन सञ्चालनका लागि विभिन्न उपकरण र प्रशिक्षण आवश्यक हुने भएपनि ड्रोन एक्स प्रोको सञ्चालनका लागि भने यी सबै आवश्यक छैन् । ड्रोन सञ्चालन गर्नका लागि फोनमा एउटा एप इन्स्टल गर्नुपर्ने हुन्छ । त्यसपछि भने यसलाई प्रयोग गर्न सकिन्छ ।

ड्रोनलाई एपसँग कनेक्ट गरेपछि १० सेकेन्डभन्दा कम समयमा यसलाई उडाउन सकिन्छ । यो ड्रोन उडाउन पनि अन्यको तुलनामा निकै सजिलो बनाइएको छ ।

ड्रोनमा भएको क्यामेराले भिडियो र फोटो लिन सक्छ । उचाइमा स्टेबल रहेको यो ड्रोनमा ‘सिक्स एक्सिस स्टेबलाइजेसन’ प्रविधि रहेको छ । जसको सहायताले ड्रोनले एकदमै मिलेको र नहल्लिएको फोटो तथा भिडियो लिन सक्छ । सँगै ‘थ्रि डि फिल्प’ गर्नसक्ने क्षमता पनि ड्रोनमा रहेको छ ।

मोबाइल फोन जस्तै सानो आकारमा रहेको यो ड्रोनका सबै पङ्खाहरूलाई फोल्ड गर्न मिल्छ । फोल्ड गरिएको अवस्थामा ड्रोनको आकार एउटा मोबाइल फोन सरह बन्छ, जुन सजिल्यै खल्ती वा ब्यागमा अट्न सक्छ ।

यतीका धेरै फिचर भएको ड्रोनको मूल्य कति होला रु बजारमा यही विशेषता र क्षमता भएका ड्रोनभन्दा यसको मूल्य निकै कम छ । हाल बजारमा उपलब्ध यसको मूल्य केवल ९९ अमेरिकी डलर रहेको छ ।


क्लिकमान्डु