६ अर्ब लागतमा गोरखामा ३० मेगावाटका जलविद्युत आयोजना बन्दै



काठमाडौं । गोरखाको धार्चे गाउँपालिकामा ३० मेगावाटभन्दा धेरैको जलविद्युत आयोजना बन्ने भएको छ । कुल ६ अर्ब ३६ करोड बढिको लागतमा गोरखाको धार्चे गाउँपालिकाको यारुखोलामा अर्धजलाशययुक्त जनविद्युत आयोजना निर्माण हुने भएको हो ।

यारुखोलामा बन्ने जलविद्युत आयोजना अर्धजलाशययुक्त आयोजना हो । यारु हाइड्रोपावर प्राइभेट लिमिटेड र नेपाल इन्भाइरोमेन्ट एन्ड डेभलप्मेन्टले निर्माण गर्न लागेको हो ।

आयोजना निर्माणका लागि पूर्वाधार विकास शुल्कबाहेकको कुल लागत ६ अर्ब ३६ करोड ५७ लाख ७९ हजार रहेको छ । जसमध्ये ७० प्रतिशत लागत ऋणमार्फत रहेको छ भने ३० प्रतिशत लागत साझेदारीमार्फत रहनेछ ।

३०।५० मेगावाटको क्षमता रहेको यो जलविद्युत् आयोजनाको जलाधार क्षेत्रको ५९.९ वर्ग किमि रहने छ । वार्षिकरुपमा औसतमा १७५.९७८ गिगावाट विद्युत उत्पादन गर्ने अनुमान गरिएको आयोजना ६ वर्षको अवधीमा सम्पन्न हुने गरि निर्माण हुन लागेको हो ।

करिब ३२ किलोमिटर लामो १३२ किलोभोल्टको प्रसारण लाइनमार्फत् नेपाल विद्युत प्राधिकरणको वोर्लाङ सब-स्टेसनमा जोडिने छ ।


क्लिकमान्डु