राष्ट्रिय बीमा कम्पनीको सीइओमा शेखर बराल नियुक्त



काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा शेखर बराल नियुक्त भएका छन् ।

बराल खुल्ला प्रतिस्पर्धाबाट कम्पनीको सीइओ पदमा नियुक्त भएका हुन् । कम्पनीको सञ्चालक समितिको बैठकले अगामी ४ कार्यकालका लागि उनलाई उक्त पदमा नियुक्त गरेको हो ।

बरालले यूनाइटेड इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्समा सीइओ पदमा रही कार्यभार सम्हालिसकेका छन् ।

यसअघि कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा अर्थ मन्त्रालयका उप सचीव ज्ञानेन्द्र ओझाले कार्यभार सम्हाल्दै आएका थिए । अर्थ मन्त्रालयले ओझालाई गत चैत महिनामा कम्पनीको सीइओ पदमा नियुक्त गरेको थियो ।
नियुक्त भएको ६ महिनामापछि ओझालाई अर्थमन्त्रालय नै पठाइएको हो ।

ओझा भन्दा पहिले कम्पनीको सीइओ पदको जिम्मेवारी सम्हाल्दै आएका डिल्लीराज अर्याल नेपाल सरकारको निर्णयअनुसार अर्थमन्त्राल फिर्ता भएका थिए ।

सरकारले उक्त पदका लागि कुनै पनि व्यक्ति नपठाएपछि उपसमितिमार्फत् कम्पनीले खुला प्रतिस्पर्धाबाट सीइओ छनोट प्रक्रिया अघि बढाएको थियो ।

खुल्ला प्रतिस्पर्धाबाट सीइओ नियुक्त गर्ने प्रक्रिया अघिबढे पनि पुनः अर्थले नै ओझाको नाम सिफारिस गरेको थियो ।


क्लिकमान्डु