सेयर बजारमा सामान्य गिरावट आउँदा कसले कमाए, कसले गुमाए ?



काठमाडौं । सेयर बजारमा सामान्य गिरावट देखिएको छ । बजारमा सामान्य गिरावट आउँदा कारोबार रकममा भने केही सुधार देखिएको छ ।

बजार मापन गर्ने सूचक २.१३ अंकले घटेर परिसूचक १९३७.७४ बिन्दुमा रोकिएको छ । २२७ कम्पनीको ३४ लाख १ हजार ७६२ कित्ता सेयर १ अर्ब ४ करोड ४४ लाख ४० हजार ६४६ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा बैंकिङ समूहको उपसूचक ४.०६ अंकले घटेको छ भने उत्पादन तथा प्रशोधन १३, जीवन बीमा २४.८२, माइक्रोफाइनान्स १.५५, अन्य समूहको १८.५५ र टे«डिङ समूहको उपसूचक १७.५९ अंकले घटेको छ ।

यस्तै विकास बैंक ३७.१३, फाइनान्स २२.२०, जलविद्युत १३.७८, निर्जीबन बीमा समूहको उपसूचक १.७१ अंकले बढेको छ ।
बजारमा सामान्य गिरावट आउँदा पनि ग्लोबला आईएमई लघुवित्त वित्तीय संस्था, मल्टिप्रपोज फाइनान्स, छ्याङदी हाईड्रो, बिन्धाबासिनी हाईड्रोका लगानीकर्ताले कमाएका छन् भने सामुदायिक लघुवित्त वित्तीय संस्था,अपर हेवाखोला,एनएमबी हाईब्रिड फण्ड एल–१, ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् ।

कारोबार रकमको आधारमा हिमालयन एभरेष्ट इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । कम्पनीको १३ करोड १० लाख ४५ हजार ३६५ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा रिडी पावर र नबिल बैंक रहेको छ ।


क्लिकमान्डु