रास्वापको सचिवालय बैठक भर्चुअल बस्छ, सरकार बन्न १० दिन लाग्छ: मनिष झा


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ सरकार गठन हुन अझै एक साताभन्दा बढी समय लाग्ने जनाएको छ ।

आइतबार रास्वपाको केन्द्रीय कार्यालय वनस्थलीमा पार्टीका प्रवक्ता मनिष झाले सरकार गठन हुन अझै १० दिन लाग्ने बताएका हुन् ।

समानुपातिक सांसदहरूको सूची चयन गर्न आज रास्वपाको बैठक बस्दै छ ।

‘संवैधानिक प्रक्रियाअनुसार समानुपातिकतर्फको सबै क्लस्टरअन्तर्गत आज चयन गर्छौं । त्यसपछि नयाँ सरकार बन्न १० दिनजति लाग्न सक्ला,’ झाले भने ।

झाका अनुसार सचिवालय बैठक भर्चुअल बस्दै छ ।