गभर्नर अधिकारीलाई जोर्डनमा हुने कार्यक्रममा सहभागी हुन मन्त्रिपरिषद्को स्वीकृति



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी जोर्डनमा आयोजना हुने एक कार्यक्रममा सहभागी हुने भएका छन् ।

बुधबार मन्त्रिपरिषद्को बैठकमा भएका निर्णय सार्वजनिक गर्दै सञ्‍चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले गभर्नरलाई जोर्डनमा आयोजना हुने कार्यक्रममा सहभागी हुन स्वीकृति दिने निर्णय भएको जानकारी दिए ।

‘राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भाद्र २०देखि २३ गतेसम्म जोर्डनमा हुने कार्यक्रममा सहभागी हुन स्वीकृती दिने’निर्णय भएको छ ।


क्लिकमान्डु