काठमाडौंको सीडीओ परिवर्तन, ललितपुरका घनश्याम उपाध्यायलाई काठमाडौंको जिम्मेवारी



घनश्याम उपाध्याय

काठमाडौं। गृह मन्त्रालयले काठमाडौंको प्रमुख जिल्ला अधिकार (सीडीओ) परिवर्तन गरेको छ ।

मंगलबार गृहमन्त्री बालकृष्ण खाडले मन्त्री स्तरीय निर्णयबाट ललितपुर जिल्लाको प्रमुख जिल्ला अधिकारी रहेका घनश्याम उपाध्यायलाई काठमाडौं जिल्लाको जिम्मेवारी दिएका हुन् ।

काठमाडौंको सीडीओ रहेका गोबिन्द रिजाललाई गृह मन्त्रालयमा सरूवा गरिएको छ । रिजालले गत भदौ २२ गते काठमाडौं जिल्लाको जिम्मेवारी पाएका थिए ।

काठमाडौंको नव नियुक्त सीडीओ उपाध्याय र निवर्तमान सीडीओ रिजाल दुबै दैलेख जिल्लाका हुन् । हाल उपाध्याय सहसचिवको बरियतामा पहिलो नम्बरमा छन् । गत महिना उपाध्याय वरिष्ठतामा दोश्रो नम्बरमा थिए । जसले गर्दा गत महिना उनी सचिव बढुवाका लागि समेत सिफारिस भएका थिए ।


क्लिकमान्डु