बलात्कारको मुद्दामा पलले पाए सफाइ, साढे दुई वर्ष कैद, १० लाख क्षतिपूर्ति



काठमाडौं । अभिनेता पल शाह (पूर्णविक्रम शाह) ले नाबालिग बलात्कार अभियोगबाट सफाइ पाएका छन् ।

तर बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्षको कैद र २५ हजार रुपैयाँ जरिवाना सुनाएको छ ।

जिल्ला अदालत नवलपुरका न्यायाधीश यज्ञप्रसाद आचार्यको एकल इजलासले मंगलबार पीडित बालिकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन आदेश दिएको छ ।

पलले सुटिङका क्रममा तनहुँ र नवलपुरमा बलात्कार गरेको भन्दै एक नाबालिग गायिकाले उजुरी दिएकी थिइन् ।
तर पछि अदालतमा बयान फेर्दै उनले बलात्कार नभएको बताएकी थिइन् ।


क्लिकमान्डु