बीमा विधेकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रिय सभाबाट पारित




काठमाडौं । बीमा विधेयक २०७५, माथि विचार गरियोस् भन्ने प्रस्तावलाई राष्ट्रिय सभाले सर्वसम्मतिले स्वीकृत गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभाबाट सन्देशसहित पारित भएको बीमा विधेयक, २०७५ लाई मंगलबार राष्ट्रिय सभामा पेस गरेका थिए ।

अर्थमन्त्री शर्माले पेस गरेको विचार गरियोस् भन्ने प्रस्तावलाई राष्ट्रिय सभाले सर्वसम्मति स्वीकृत गरेको हो ।

नेपालको संविधानले कानूनी राज्यको अवधारण लगायतको लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिवद्ध रहि समृद्ध राष्ट्र निमार्ण गर्ने लक्ष्य लिएको र त्यसको लागि सार्वजनिक निजी र सरकारी क्षेत्रको सहभागिता तथा विकासमार्फत उपलब्ध साधन र स्रोतको अधिकतम परिचालनद्वारा तिव्र आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिए अनुरूप प्रस्तुत विधेयक सदन समक्ष पेस गरिएको अर्थमन्त्री शर्माले बताए ।

हाल कायम रहेको बीमा ऐन, २०४९ ले बीमाका सबै विषय समेट्न नसकेकोले निकै लामो समयदेखि यो विधेयकको आवश्यकता महशुस गरेको र यस विधेयकबारे अर्थमन्त्रालयमा विभिन्न चरणमा बीमा समिति र सरोकारवालाहरूसँग सबैसँग छलफल र अन्तरक्रिया गरेको उनले बताए ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोेजिम बैंक तथा वित्तीय संसथा नियमन गर्नुपर्ने व्यवस्था गर्न बीमा क्षेत्रको नियमन गर्न सोही कानूनी व्यवस्थालाई आधार मानि तयार गरिएको उनले बताए । बीमाको लागि सबै विषय प्रस्तुत विधेयकमा समेटिएको उनको भनाइ छ ।

स्वास्थ्य बीमा ऐन २०७४ को व्यवस्थालाई यस ऐनले कुनै पनि हस्तक्षेप नगरिएको उनले बताए । बीमा नियमन, बीमा विषय, बीमा करार, बीमित सहति संरक्षण, बीमा अपराधको रूप र सजाय लगायतका विषयहरू समावेश गरिएको उनले जानकारी दिए ।

लघुबीमाले ग्रामिण समुदायमा बीमा पुर्याउने भएकाले यसको व्यवस्थापन प्रस्तुत विधेयकमा समावेश गरिएको उनले बताए ।

बीमालाई प्राधिकरणको रूपमा लगरे स्वायत्त संस्थाको रूपमा विकास गर्ने गरिएको हुँदा बीमा विधेयक महत्वपूर्ण रहेको शर्थमन्त्री शर्माको भनाइ छ ।


क्लिकमान्डु