सानिमा माई हाईड्रोपावरको लाभांश घोषणा, बुक क्लोज कहिले ?



काठमाडौं । सानिमा माई हाईड्रोपावर कम्पनीले लाभांश घोषणा गरेको छ ।

कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट कर सहित नगद लाभांश दिने भएको छ ।

कम्पनीले ५.२६ प्रतिशत कर सहित नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव आगामी साधारणसभाले पास गरेपछि लगानीकर्ताले पाउनेछन् ।

लाभांश घोषणा गरेको कम्पनीले कात्तिक २ गते बार्षिक साधारणसभा बोलाएको छ । उक्त सभाका लागि असोज १२ गते बुक क्लोज गर्ने भएको छ । असोज ११ गतेसम्म कायम रहेका लगानीकर्ताले लाभांश पाउनेछन् ।


क्लिकमान्डु